०६ साउन २०८३, बुधबार

युरोकप नखेल्ने स्टेगेनको उद्घोष

जेठ ४, २०७८
युरोकप नखेल्ने स्टेगेनको उद्घोष

जर्मनी तथा बार्सिलोनाका गोलकिपर टेर स्टेगेनले युरोकप फुटबल गुमाउने भएका छन् ।

घुँडाको चोटले शल्यक्रिया गर्ने भएपछि स्टेगेनले युरोकप फुटबल गुमाउने भएका हुन् ।

स्टेगेनले सामाजिक संजालबाट आफुले युरोकप नखेल्ने बताएका छन् ।

इन्स्टाग्रामबाट स्टेगेनले युरो गुमाउन पर्दा आफुलाई दुख लागेको समेत बताएका छन् ।

तर, स्टेगेनले आफुले पहिले आफ्नो स्वास्थ्य र करियरलाई ध्यानमा राखेको बताएका छन् ।

युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ ।

यस पटकको युरोकप युरोपका विभिन्न ११ शहरमा हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्