×

१९ प्रतिशतले बढ्यो जीवन बीमा कम्पनीको नाफा

जेठ ४, २०७८

NTC
Sarbottam
Premier Steels

चालू आर्थिक वर्षको ९ महिनामा जीवन बीमा कम्पनीहरूले रू. ३ अर्ब २० करोड ८८ लाख खुद नाफा कमाएका छन् । नेपालमा सञ्चालित १९ जीवन बीमा कम्पनीले हालै सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणले यस्तो देखाएको हो ।

yONNEX
IME BANK INNEWS
Sagarmatha Cement

कम्पनीहरूको उक्त नाफा गत आवको सोही अवधिको तुलनामा १९ दशमलव ०८ प्रतिशत बढी हो । गत आवको चैत मसान्तसम्ममा कम्पनीहरूले रू. २ अर्ब ६९ करोड ४६ लाख नाफा कमाएका थिए ।


Advertisment
RMC TANSEN
shivam ISLAND

जीवन बीमा कम्पनीहरूको यो नाफा बीमांकीय मूल्यांकन हुनुभन्दा अगाडिको हो । बीमांकीय मूल्यांकन गर्दा बीमांकीले बीमाकोषमा भएको निश्चित रकम नाफा नोक्सान खातामा सार्न सक्छन् । त्यसअनुसार बीमांकीय मूल्यांकनपछि कम्पनीहरूको नाफा थप बढ्नेछ ।


Advertisment

कोरोना कहरका बीच पनि समीक्षा अवधिको नाफा उत्साहजनक रहेको कम्पनीहरूको भनाइ छ । कोरोना कहर र विगतमा लगाइएको बन्दाबन्दी तथा निषेधाज्ञाका कारण चालू आवको पहिलो त्रैमाससम्म जीवन बीमा व्यवसाय नराम्ररी प्रभावित भएको थियो । तर, तेस्रो त्रैमाससम्म आउँदा व्यवसायमा सुधार भएकाले नाफा पनि बढेको कम्पनीहरू बताइएको छ ।

Vianet communication
Laxmi Bank

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले तेस्रो त्रैमासमा जीवन बीमा कम्पनीको नाफामा उलेख्य वृद्धि देखिएको बताए । ‘नाफा बढ्नुमा कम्पनीअनुसार फरक फरक कारण हुन्छन् । समग्रमा भने लगानीबाट हुने प्रतिफल बढेरै नाफा बढेको हो,’ उनले भने । पछिल्लो समय कम्पनीहरूले शेयर लगानीबाट आम्दानी गरेकाले पनि नाफा बढेको उनको भनाइ छ । उनले भने, ‘विगत केही महीनादेखि नेपाली शेयर बजार बढ्दो क्रममा छ । त्यो अवस्थामा कम्पनीहरूले शेयर बजारमा लगानी गरेर नाफा बुक गर्ने काम पनि भएको हुन सक्छ ।’

तर, चौथो त्रैमासको जीवन बीमा व्यवसाय भने कोरोनाको दोस्रो लहरका कारण प्रभावित हुने उनको बुझाइ छ । वैशाख महीना शुरू भएदेखि नै जीवन बीमा व्यवसाय खस्किएको उनले बताए ।

‘जीवन बीमा व्यवसाय अभिकर्ताले ग्राहकलाई प्रत्यक्ष रूपमै भेट्नुपर्ने बाध्यता छ । तर, कोरोनाको दोस्रो लहर आएपछि र निषेधाज्ञाका कारण अभिकर्ता फिल्डमा गएर व्यवसाय ल्याउन सकेका छैनन्,’ उनले भने, ‘त्यसमाथि अहिले कम्पनीका शाखा कार्यालय नै बन्द गरिएका छन् । केन्द्रीय कार्यलयका प्रशासनिक काममा पनि वर्क फ्रम होम लागू गरेका छौं । वैशाखयता व्यवसाय करीब ठप्प जस्तै भएको छ ।’

जीवन बीमा व्यवसायका लागि वैशाखदेखि असारसम्मको समय बढी उपयुक्त मानिन्छ । यही समयमा कोरोनाको दोस्रो लहर शुरू हुँदा व्यवसाय नराम्ररी प्रभावित कम्पनीहरूको भनाइ छ । यद्यपि, निषेधाज्ञा नलम्बिए असारसम्ममा व्यवसायलाई सामान्य अवस्थामा ल्याउन सकिने भट्टराई बताउँछन् ।

‘गत आवमा पनि यही समयमा लकडाउन भएको थियो । पछि असारमा लकडाउन खुकुलो बनाएपछि भने व्यवसाय ह्वात्तै बढेको थियो । गत आवको कुल व्यवसायमध्ये ४० प्रतिशत त असारमै गरिएको थियो,’ उनले भने, ‘अहिले पनि जेठभित्रै निषेधाज्ञा हटे चालू आवको व्यवसायलाई सामान्य अवस्थामा ल्याउन सकिन्छ ।’

समीक्षा अवधिमा नाफा कमाउनेमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा छ । कम्पनीले यस अवधिमा रू. ५० करोड ६६ लाख खुद नाफा कमाएको छ । यस्तै, दोस्रो स्थानमा रहेको नेशनल लाइफले ३२ करोड २५ लाख र तेस्रो स्थानमा रहेको सूर्या लाइफ इन्स्योरेन्सले २९ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । कम्पनीहरूको औसत नाफा बढे पनि युनियन लाइफ र राष्ट्रिय बीमा संस्थानको नाफा भने घटेको छ । युनियन लाइफको ७ दशमलव ५६ प्रतिशत र राष्ट्रिय बीमा संस्थानको १ दशमलव ४४ प्रतिशतले नाफा घटेको हो ।

गत आवको तेस्रो त्रैमाससम्ममा ८ करोड ९२ लाख नाफा कमाएको युनियन लाइफले अहिले ८ करोड २५ लाख र गत आवमा ४ करोड ९३ लाख नाफा कमाएको संस्थानले अहिले ४ करोड ८६ लाख रुपैयाँ नाफा कमाएका हुन् ।आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्माले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
मंसिर ६, २०८०

सुन तस्करीमा संलग्न रहेका अभियुक्तविरुद्ध दोलखा प्रहरीले अनुसन्धान पूरा गरी प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय दोलखामा दर्ता गरेको छ । १० महिनामा ३३ किलो सुन तस्करी गरेको अभियोगमा प्रहरोले दुई विदेशीसह...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २५, २०८०

काठमाडौँ–तराई–मधेश द्रुतमार्गमा ‘हाइब्रिज’का लागि धरहराभन्दा अग्ला खम्बा निर्माण भइरहेका छन् । आयोजनाका अनुसार धरहराको भुइँ सतहदेखि गजुरसम्म कुल उच्चाइ ७८ मिटर रहेकोमा द्रुतमार्गमा निर्म...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक १९, २०८०

यसपालिको तिहारमा ३५ लाख सयपत्रीको माला खपत हुने व्यवसायीले अनुुमान गरेका छन् । तिहारको पाँच दिनको अवधिमा ३१ करोड रुपियाँ बराबरको ३५ लाख गोटा माला खपत हुने व्यवसायी बताउँछन् ।  गत वर्ष तिहारमा २५ ...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

x