०१ असार २०८३, सोमबार

टर्‍यो पूर्वबजेट छलफलको समय

जेठ ४, २०७८
टर्‍यो पूर्वबजेट छलफलको समय

गत साल यस बेला संसद्मा बजेटपूर्वको  छलफल  सकिएको  थियो  ।  कोरोना  (कोभिड–१९)  कहरबीच  वैशाख  २६  गतेबाट  सुरु  भएको सङ्घीय संसद्को बजेट अधिवेशनले प्रतिनिधि सभा  नियमावलीले  परिकल्पना  गरेको  अवधिभित्र  छलफल सकेको थियो ।

संवैधानिक  प्रावधानअनुसार  जेठ  १५  गते  बजेट  अनिवार्य  रूपमा  पेस  गर्नुपर्ने  छ  तर  यो  पटक  राजनीतिक  उतारचढावका  कारण  प्री–बजेट  छलफलबिना नै बजेट पेस हुने निश्चित भइसकेको छ  ।  
हालसम्म  बजेट  अधिवेशन  आह्वान  भएको  छैन  ।  संसद्  सचिवालयले  भने  कुनै  पनि  बेला  अधिवेशन  सिफारिस  र  आह्वान  हुनसक्ने  भन्दै  आन्तरिक तयारी भने पूरा भएको जनाएको छ । प्रतिनिधि सभा नियमावलीको प्रावधानअनुसार सभामा  बजेट  प्रस्तुत  गर्नुअघि  करबाहेक  विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा छलफल  हुने  व्यवस्था  छ  । 

 नियमावलीको  नियम  १४२  (४)  अनुसार यस्तो छलफल बजेट  पेस  हुनुभन्दा  १५  दिनअघि  नै  हुनुपर्ने  प्रावधान  छ  ।  उक्त नियममा भनिएको छ, “... उपनियम २ बमोजिमको छलफल बैठकमा राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत हुनुभन्दा कम्तीमा १५ दिनअगावै समाप्त भइसक्नुपर्ने छ ।”संवैधानिक प्रावधानअनुसार जेठ १५ गते बजेट ल्याउनुपर्ने व्यवस्थाका कारण यो पटक प्री–बजेट छलफलको समय टरेको गोरखापत्रमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्