०८ साउन २०८३, शुक्रबार

देश गम्भीर संकटमा फस्यो : डा. भट्टराई

देश गम्भीर संकटमा फस्यो : डा. भट्टराई

पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले देश गम्भीर संकटमा फसेको बताएका छन् । 

मंगलवार बिहान एक ट्वीट गर्दै उनले कोरोना महामारी र अन्त्य हीन राजनीतिक गतिरोधले देशलाई संकटमा लगेको बताएका छन् । 

उनले भनेका छन्, न ओली सरकारले नीति/कार्यक्रम र बजेट पास गर्न सक्छ ! न बैकल्पिक सरकार बन्न । 

उनले संविधानका स्तम्भ एकएक गरी ढल्न थालेको बताएका छन् । 

उनले भनेका छन्, 'संविधानका स्तम्भ एकएक गरी ढल्दैछन् !  पार्टी / नेता निरीह ! सर्पको मुखका भ्यागुता ! अनि राष्ट्रिय एकताको कुरा गर्नु अपराध हुन्छ ?'

salt training

कमेन्ट गर्नुहोस्