
काठमाडौं, १८ जेठ– अफगानिस्तानको राजधानी काबुल आक्रमणमा घाइते भएका पाँच नेपालीमध्ये चारको अवस्था सामान्य रहेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार आक्रमणका क्रममा घाइते भएको मध्ये ४ जना उपचारपछि काममा फर्किएका छन् भने घाइते एक जनाको उपचार भइरहेको छ ।
उपचारपछि काममा फर्किएकाहरुले परिवारका सदस्यसँग सम्पर्क गरेको मन्त्रालयले जनाएको छ ।
बुधबार विहान अफगानिस्तानको राजधानी काबुलमा भएको आक्रमणमा ९० जनाको मृत्यु भएको थियो भने ४ सय भन्दा बढी घाइते भएका थिए । विस्फोट जर्मनीको राजदूतावास अगाडि भएको थियो । जतिवेलमा सडकमा मानिसहरुको चाप रहेको थियो ।