२६ असार २०८३, शुक्रबार

लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यका लागि आज मनोनयन हुँदै

लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यका लागि आज मनोनयन हुँदै

जेठ १७ गते सोमवारका दिन सम्पन्न हुने लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन हुँदैछ ।

निर्वाचन कार्यालय दाङमा आज उम्मेदवारको मनोनयन हुँदैछ ।

अर्घाखाँचीबाट प्रतिनिधित्व गर्ने चन्द्रबहादुर खड्काले माओवादी परित्याग गरेपछि उनको सिट खाली भएको थियो । एमालेले उनैलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

नेपाली कांग्रेस र माओवादी केन्द्रले भने प्रदेश सभाको सदस्य पदबाट राजीनामा गरेर कांग्रेस प्रवेश गरेका दीर्घनारायण पाण्डेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

लुम्बिनी प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले पाण्डेलाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्