०८ साउन २०८३, शुक्रबार
एमालेमा सहमतिको प्रयास

सहमति खोज्न गठित एमाले कार्यदलको बैठक दिउँसो ३ बजे बस्दै

सहमति खोज्न गठित एमाले कार्यदलको बैठक दिउँसो ३ बजे बस्दै

पार्टीमा देखिएको विवाद समाधान गर्न गठित नेकपा एमालेको कार्यदलको बैठक मंगलवार बस्दैछ ।

दिउँसो ३ बजेका लागि कार्यदलको बैठक तय भएको कार्यदलका सदस्य गोकर्ण विष्टले लोकान्तरलाई जानकारी दिए ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतवार दुवै पक्षबाट ५/५ जना सदस्य रहेको कार्यदल बनाउने सहमति भएको थियो । 

कार्यदलमा अध्यक्ष ओली पक्षबाट सुवासचन्द्र नेम्वाङको संयोजकत्वमा रहेको टोलीमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य छन् । नेता नेपालको तर्फबाट भीम रावलको संयोजकत्वमा  रहेको टोलीमा गोकर्ण विष्ट, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य छन् ।

नेकपा भंगपछि पार्टी एकता पूर्वको अवस्था अर्थात् २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने भद्र सहमतिपछि त्यसको कार्यान्वयनको लागि कार्यदल गठन गरिएको हो ।

शुरूमा ३ दिनको समय दिइएको कार्यदलले समय थपका लागि आग्रह गर्ने तयारी गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्