
आसन्न राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि भोट माग्न सहयोगको आग्रह गर्दै नेकपा एमाले उम्मेदवार तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेता माधवकुमार नेपाल निवास कोटेश्वर पुगेका छन् ।
पार्टीलाई २०७५ जेठ २ गतेको अवस्था पुर्याउनुपर्ने भन्दै पूर्व माओवादीहरूको प्रवेशलाई अस्वीकार गर्दै आएका नेता नेपालसँग सहयोग माग्न बादल कोटेश्वर पुगेका हुन् । जेठ ६ गते मतदान हुँदैछ ।
निर्वाचनमा सहयोगका लागि आग्रह गर्न गृहमन्त्री कोटेश्वर गएका बादल निकट स्रोतले लोकान्तरलाई जानकारी दियो ।
नेता नेपाल समेत विपक्षी गठबन्धनमै रहेका बेला मनोनयन दर्ता गराएका अर्का उम्मेदवार खिमलाल देवकोटा प्रतिस्पर्धामा छन् । मनोनयन दर्ता हुँदा नेपाल पक्षले देवकोटालाई सहयोग गर्ने चर्चा थियो । तर पछि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपालबीच सहमति जुटेपछि समीकरण बदलिनसक्ने चर्चा छ ।