०३ साउन २०८३, आइतबार

जसपा दल नेतामा राजेन्द्र महतो निर्वाचित भएको जानकारी संसद सचिवालयमा दर्ता

जेठ ४, २०७८
जसपा दल नेतामा राजेन्द्र महतो निर्वाचित भएको जानकारी संसद सचिवालयमा दर्ता

जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको नेतामा राजेन्द्र महतो निर्वाचित भएको जानकारी संघीय संसद सचिवालयमा दर्ता भएको छ ।

अध्यक्ष महन्थ ठाकुरले सचिवालयका महासचिवलाई पत्राचार गर्दै महतो दल नेता निर्वाचित भएकाबारे मंगलवार जानकारी दिएका हुन् । 

अध्यक्ष ठाकुरले पठाएको पत्र सचिवालयमा दर्ता भइसकेको छ । अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले भने नेता चयनको एकलौटी निर्णय मान्य नहुने जनाउँदै आएको छ ।

यसअघि जसपाभित्र देखिएको विवाद समाधान गर्न मंगलवारै अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त विज्ञप्ति प्रकाशित गरेका थिए ।

दुवै अध्यक्षको सहमतिमा जेठ ८ र ९ गतेका लागि कार्यकारिणी समितिको बैठक समेत बोलाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्