३२ असार २०८३, बिहीबार

निषेधाज्ञा अवधिमा बैंकले लिलामीको सूचना निकाल्न नपाउने, जरिवाना लिन पनि रोक

निषेधाज्ञा अवधिमा बैंकले लिलामीको सूचना निकाल्न नपाउने, जरिवाना लिन पनि रोक

निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्थाहरूले कुनै पनि असुलीका लागि ताकेता गर्न नपाउने भएको छ । 

राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै बैंकहरूलाई असुलीका लागि कुनै पनि प्रकारको ताकेता गर्न नपाउने व्यवस्था गरेको हो । 

समीक्षामा भनिएको छ, कोभिड–१९ संक्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको एक महिनासम्म बैंक तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको असुली सम्बन्धी सूचना वा लिलामी सम्बन्धि सूचना जारी गर्न  पाउने व्यवस्था मिलाइने छ ।

यस्तै, निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकबाट कर्जा असुलीमा कुनैपनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाउने भएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्