०५ साउन २०८३, मंगलबार

बैंक तथा वित्तीय संस्थाले सीएसआरको रकम अक्सिजन सिलिण्डर, कन्सन्ट्रेटर र भ्याक्सिनमा खर्च गर्न पाउने

बैंक तथा वित्तीय संस्थाले सीएसआरको रकम अक्सिजन सिलिण्डर, कन्सन्ट्रेटर र भ्याक्सिनमा खर्च गर्न पाउने

बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत रकम अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर र भ्याक्सिन खरिदमा खर्च गर्न पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले मंगलबार मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षामार्फत् उक्त व्यवस्था गरेको हो ।

‘संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत छुट्याएको कोषको रकम जीवन रक्षा, सार्वजनिक हित तथा परोपकारी कार्यलाई प्राथमिकता दिनेगरी त्यस्तो योगदान देशभर नै उपलब्ध हुनेव्यवस्था मिलाइने छ,’ मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा उल्लेख छ, ‘हालको विषम परिस्थितिलाई दृष्टिगत गरी बैंक तथा वित्तीय संस्थाले उक्त कोषको रकम अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर जीवन रक्षक भ्याक्सिन, औषधी आदि कार्यमा खर्चगर्न सक्ने व्यवस्था मिलाइने छ ।’

त्यसैगरी, राष्ट्रिय महत्वका आविष्कार केन्द्र तथा मानव सेवा जस्ता परोपकारी कार्यमा गरेको खर्च समेत उक्त कोषबाट हुने खर्चमा गणना गर्न सकिने व्यवस्था मिलाइने उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्