०८ साउन २०८३, शुक्रबार

शिवम् सिमेन्टद्वारा अक्सिजन सिलिण्डर सहित विभिन्न स्वास्थ्य सामाग्री वितरण

शिवम् सिमेन्टद्वारा अक्सिजन सिलिण्डर सहित विभिन्न स्वास्थ्य सामाग्री वितरण

नेपालकै अग्रणी सिमेन्ट कम्पनी शिवम् सिमेन्ट लिमिटेडद्वारा मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पताललाई १९० थान अक्सिजन सिलिन्डर सहित विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । 

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको दोस्रो भेरियन्टको व्यापक रुपमा प्रभाव परिरहेको यस विषम् परिस्थितीमा देशका विभिन्न अस्पतालहरुमा अक्सिजन, बेड तथा विभिन्न स्वास्थ्य सामाग्री अभाव भइरहको परिस्थिलिलाई मध्य नजर गर्दै कम्पनीले उद्योग स्थल स्थित हेटौंडा उपमहानगरपालिको हटियामा अवस्थित वागमती प्रदेशको मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पताललाई १२० थान भरिएका तथा ७० थान खाली अक्सिजनका सिलिण्डर गरी जम्मा १९० थान अक्सिजन सहित ३० थान मेडिकल बेड, ५ थान सीसीयू बेड तथा ५ थान उक्त बेडहरुमा जडान गरिने मेडिकल मोनिटरहरु शिवम् सिमेन्ट्सद्वारा उक्त अस्पताललाई हस्तान्तरण गरेको हो ।  कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत उक्त स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको बताएको छ ।

“प्राणवाय’ अक्सिजन सहितका सिलिन्डर, मेडिकल बेड, सीसीयु बेड, मनिटर इक्वीपमेन्ट समेतको यी स्वास्थ्य सामाग्री कारण यस क्षेत्रका कोरानाका कारण स्वास्थ्य उपचारबाट बन्चित तथा कोरोनाबाट प्रभावित सर्वसाधारण नागरिकहरुलाई स्वास्थ्य उपचार गर्न पाउने सहज अवस्था सिर्जना भई सहयोग पाउने छ भन्ने आशा एवं विश्वास कम्पनीले लिएको छ” कम्पनीले बताएको छ ।

यस अगाडी पनि शिवम् सिमेन्ट्सले यस किसिमका महामारी,  दैवीप्रकोप, राहत सामाग्रीहरु, स्वास्थ्य सामाग्री, एम्बुलेन्स हस्तान्तरण सहित विभिन्न कार्यहरुमा आफ्नो सामाजिक संस्थागत दायित्व निर्वाह गर्दै आईरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्