३० जेठ २०८३, शनिबार

कोरोना नियन्त्रणमा निम्बसको सहयोग : अत्यावश्यक ठाउँमा मास्क र स्यानीटाइजर सहयोग

कोरोना नियन्त्रणमा निम्बसको सहयोग : अत्यावश्यक ठाउँमा मास्क र स्यानीटाइजर सहयोग

कोरोना महामारीविरुद्ध लड्ने संगठन, स्वयंसेवक, र अग्रपंक्तिमा रहेर सेवा दिनेहरूलाई निम्बसले प्रो–टेकको मास्क र स्यानीटाइजर सहयोग स्वरुप उपलब्ध गराउने भएको छ ।

सबैभन्दा आवश्यक रहेको ठाउँहरु – अस्पताल, क्वारेन्टिन सेन्टर, अग्रपंक्तिमा रहेर सेवा दिनेहरु, स्वयंसेवक, स्वास्थ्यकर्मी, सरकारी निकाय आदिलाई प्राथमिकतामा राखेर यस कम्पनीले प्रो टेक्टको मास्क र स्यानीटाइजर बाँड्ने तयारी गरेको छ ।

यी मास्क र स्यानीटाइजर कम्पनीले आफ्नो अनलाइन सेवा www.nimbusbazar.com मार्फत सम्बन्धित स्थानमा पुर्‍याउने छ । 

निम्बसले अहिले नै शहीद गंगालाल अस्पताल, नेपाल पत्रकार महासंघ, र अपठ्यारोमा परेकाहरुलाई निःशुल्क खाना खुवाउने स्वयंसेवकहरुद्वारा संचालित संगठनहरूलाई मास्क वितरण गरिसकेको छ ।

निम्बसका प्रबन्ध निर्देशक, आनन्द बगरिया, भन्छन्, “हाम्रो सुरक्षाका निम्ति यस महामारी विरुद्ध लड्ने सबै प्रति हामी भित्रै देखि कृतज्ञ छौँ । विश्वले भोगिहेको यो कठिन चुनौतीलाइ हराउन हामी सबैले ऐक्यबद्धता देखाएपछि मात्र सम्भव हुन्छ । यसका निम्ति हामी विभिन्न संगठनहरु र सरकारसँग सहकार्य गरेर सहयोगबाट वञ्चितहरुलाई सहायता गर्न चाहन्छौँ ।”

प्रोटेक्ट निम्बसको स्वास्थ र सरसफाई ब्राण्ड हो जसले उच्च गुणस्तरको एन्टी माइक्रोबायल केएन ९५ मास्क, ३प्ले मास्क र विश्व स्वास्थ संगठनको मापदण्ड अनुसारको ७६% इथानोल रहेको स्यानीटाइजर उत्पादन गर्दछ । 

आफूलाई आवश्यक परेको संख्या उल्लेख गरेर संगठन र स्वयंसेवकहरुले प्रोटेक्ट मास्क र स्यानीटाइजरका लागि निवेदन दिनका लागि www.nimbusbazar.com मा गएर डोनेट प्रोटेक्ट बटन थिच्न अथवा ९८२८०९१६९१ मा सम्पर्क गर्न सकिने निम्बसले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्