०५ असार २०८३, शुक्रबार

पत्रकारलाई गाडीले किचिदिने भनी मजाक गरेपछि बाइडनको आलोचना (भिडियो)

जेठ ५, २०७८
पत्रकारलाई गाडीले किचिदिने भनी मजाक गरेपछि बाइडनको आलोचना (भिडियो)

अमेरिकाका राष्ट्रपति जो बाइडनले एकजना पत्रकारलाई मजाक गर्दै गाडीले कुल्चिदिन्छु भनेपछि उनको आलोचना भएको छ । 
 

मिशिगनको डियरबोर्नमा फोर्डको कारखानामा एफ–१५० लाइटनिङको परीक्षण ड्राइभिङका क्रममा बाइडन पत्रकारहरू भेला भएको ठाउँमा पुगेका थिए । 

त्यसक्रममा एक रिपोर्टरले सोधे, ‘तपाईंलाई इजरायलका बारेमा एउटा प्रश्न सोधिहालौं ?’

‘अहँ, हुन्न । तपाईं गाडी अगाडि आउने अनि मैले कुल्चेर अगाडि बढ्ने हो भने मात्र,’ बाइडनले जवाफ फर्काए । 

ट्विटरमा उनको यो भनाइलाई राजनीतिक विश्लेषकहरूले आलोचना गरेका छन् । यही कुरा पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले भनेको उनलाई सबैले खेद्ने थिए भनी उनीहरूले लेखे । 
 

बाइडनले फोर्डको पहिलो विद्युतीय ट्रकको परीक्षणका लागि पुगेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्