२६ असार २०८३, शुक्रबार

राष्ट्रिय सभा निर्वाचनका लागि एमाले फेरि गर्‍यो यस्तो अपिल

राष्ट्रिय सभा निर्वाचनका लागि एमाले फेरि गर्‍यो यस्तो अपिल

नेकपा (एमाले)ले बाग्मती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि गठन गरेको निर्वाचन परिचालन कमिटीका संयोजक कृष्णगोपाल श्रेष्ठले पार्टीका उम्मेदवार गृहमन्त्री रामबहादुर थापालाई विजयी गराएर लोकतन्त्रलाई बलियो बनाउन मतदातालाई आग्रह गरेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री श्रेष्ठले प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्दा आधिकारिक उम्मेदवार ‘बादल’ का पक्षमा लाग्न आज अपिल गर्दै निर्दलीय स्वतन्त्र उम्मेद्वारलाई मतदान नगर्न आह्वान गरेका हुन् ।

 यो प्रदेशमा  उपनिर्वाचन बिहीबार  हुँदैछ । सूर्य चिन्हका उम्मेदवारलाई विजयी गराउनु पार्टीको दायित्व भएको उल्लेख गर्दै उन पार्टीको निर्देशनविपरीत घातअन्तर्घात नगर्न आफ्ना जनप्रतिनिधिलाई चेतावनी दिएका छन्

‘निर्दलीय उम्मेदवारका पक्षमा मतदान गर्नु राजनीतिक हिसाबले गम्भीर अपराध हुने छ ।’ अपिलमा भनिएको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले एमालेका उम्मेदवारलाई समर्थन गरेको उल्लेख गर्दै उनले अन्य दललाई पनि थापाका पक्षमा साथ दिन आग्रह गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्