
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जेठ १५ गतेसम्म निषेधाज्ञा थप गरेको छ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रामकुमार महतोले बुधवार एक सूचना प्रकाशित गर्दै वैशाख २९ गतेको आदेश अनुसार निषेधाज्ञा अवधि थप गरिएको जानकारी दिए ।
कोरोना भाइरस संक्रमणको रोकथामका लागि प्रशासनले निषेधाज्ञा लगाउँदै आएको छ ।
