२८ जेठ २०८३, बिहीबार

महिनावारी भएको भन्दै जब मोडेलको जागिर गयो

कात्तिक २०, २०७४
महिनावारी भएको भन्दै जब मोडेलको जागिर गयो

महिनावारी भएका कारण आफूलाई जागिरबाट निकालेको भन्दै एक मोडलले कार निर्माता कम्पनी ह्यून्डेविरुद्ध मुद्दा हालेकी छिन् ।

२७ वर्षीया रिचेल रिकेर्टका अनुसार अप्रिल महिनामा न्यूयोर्क इन्टरनेशनल अटो शोमा ब्रान्डको प्रतिनिधित्व गर्दा उनलाई लज्जित महसुस गराइएको थियो ।

त्यतिबेला उनले आफूलाई ट्वाइलेट ब्रेकको आवश्यकता भएको स्पष्ट बताएकी थिइन् तर त्यतिबेला उनलाई समय उपयुक्त नभएको बताइयो । जसका कारण रचेलले समयमा प्याड परिवर्तन गर्न सकिनन् ।

ह्यून्डे मोटर अमेरिकाका अनुसार उनीहरुले आरोपीको अनुसन्धान गरिरहेका छन् ।

रचेलका अनुसार उनले आफ्नो अण्डरवेयर र कपडा परिवर्तन गर्न आवश्यक थियो र उनले ट्वाइलेट प्रतिनिधी एरिका सिफ्रेडलाई यसबारे जानकारी पनि दिएकी थिइन् ।

पछि उनले सिफ्रेडको एक टेक्स्ट मेसेज पाए जसमा भनिएको थियो, ‘आवश्यक परे राति छुट्टी लिन सक्छौ ।’

मोडलले बीबीसीलाई दिएको जानकारी अनुसार उनले घण्टाको हिसाबले पैसा पाउने भएकाले यसको विरोध गरिन् ।

अर्को दिन अप्रिल १४ तारिखमा उनी साधारण रुपमा काममा गइन् ।

रचेल रिकर्टले १५ अप्रिलमा एरिका सिफ्रेन्डले मलाई अब ह्यून्देले काममा राख्न नचाहेको बताए । उनीहरुलाई उनको महिनावारीको बारेमा थाहा भएका कारण यस्तो भनेका थिए ।

रचेलले बीबीसीलाई भनिन् ‘म निकै अचम्ममा परें । म साँच्चै नै निकै डराएकी थिएँ र रुन सुरु गरें । यो वास्तवमा नै ठिक थिएन ।’

मोडलले अमेरिकी इक्वल इम्प्लोइमेन्ट अपरचुनिटि कमिशन (इइओसी) मा ह्यून्दे र सिफ्रेन्डको म्यानेजमेन्ट कम्पनी ‘एक्सपिरियन्सियल ट्यालेन्ट’ विरुद्ध भेदभावको मुद्दा दर्ता गरेकी छिन् ।

ह्युद मोटर अमेरिकाले ईईओसीको तर्फबाट कुनै पनि आरोपको सूचना नभएको जनाएको छ । आफ्नो कम्पनीमा भएको यस घटनामा बारेमा जाँच भइरहेको बताएको छ ।
कम्पनीका एक प्रवक्ताले कम्पनीले यस्ता आरोपको गम्भीताका साथ लिएको र अध्ययन अनुसन्धान भइरहेको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्