०१ असार २०८३, सोमबार

अनिता यादव हत्या प्रकरण : देवर पक्राउ

अनिता यादव हत्या प्रकरण : देवर पक्राउ

मोरङको रंगेली नगरपालिका(३ तिलुवा चोक बस्ने २४ वर्षीया अनिता यादवको हत्यामा संलग्न रहेको अभियोगमा मृतकका देवर नाता पर्ने १९ वर्षीय बिनोद यादवलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

सोही ठाउँस्थित तिलुवा चोकको नहरमा बुधबार बिहान अनिताको शव फेला परेपश्चात जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा व तत्काल मृतकका पति समेत ४ जनालाई नियन्त्रणमा लिएकोमा थप अनुसन्धानको क्रममा अनिता र बिनोद बिच विवाद भई झै(झगडा हुँदा मंगलबार राति बिनोदले दाउ प्रहार गर्दा अनिताको घटनास्थलमै मृत्यु भएको खुल्न आएको प्रहरीले जनाएको छ ।  बिनोदलाई पक्राउ गरेर हिरासतमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।  

बिनोद उपर मुलुकी अपराध संहिता, २०७४ को ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान भईरहेको जनाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्