२३ जेठ २०८३, शनिबार

कोरोनाबाट मृत्यु हुनेहरुको अन्येष्टिका लागि महानगरले निःशुल्क दाउरा उपलब्ध गराउने

कोरोनाबाट मृत्यु हुनेहरुको अन्येष्टिका लागि महानगरले निःशुल्क दाउरा उपलब्ध गराउने

चितवनको भरतपुर महानगरले कोरोनाबाट मृत्यु हुनेहरुको अन्येष्टिका लागि निःशुल्करुपमा दाउरा उपलब्ध गराउने भएको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालका अनुसार कोरोनाको संक्रमणबाट उपचारका क्रममा ज्यान गुमाउने व्यक्तिको अन्त्येष्टि कार्यका लागि दाउरा खरिदमा लाग्ने तीन हजार रुपैयाँ पनि उपलब्ध गराउने निर्णय महानगरले गरेको छ ।

उनका अनुसार भरतपुर महानगरपालिकाले गत वर्षदेखि नै कोभिड १९ बाट मृत्यु हुनेहरूको लागि शववाहनको रुपमा एक्साभेटर निः शुल्क रूपमा उपलब्ध गराउँदै आएको छ । यस वर्षबाट भरतपुर महानगरपालिकाले कोभिड १९ का बिरामीहरूलाई घरबाट अस्पताल लैजान र ल्याउन २ वटा एम्बुलेन्समार्फत निःशुल्क सेवा प्रदान गर्दै आएको  छ ।

चितवनमा कोरोना संक्रमितको संख्या बढेसँगै भरतपुर महानगरले आइसोलेसन निर्माणको कामलाई तीव्रता दिएको छ। यसैगरी भरतपुर महानगरपालिकाले शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रमा कोरोना संक्रमितको उपचारको लागि १५ बेडको आइसोलेसन निर्माण गरेको महानगर प्रवक्ता अरुणपीडित भण्डारीले बताए ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले कोरोनाको संक्रमण रोकथाम तथा संक्रमितहरुको उपचारको लागि छोटो समयमा शिवनगरमा अत्यावश्यक उपकरणसहितको आइसोलेसन तयार गर्न सफल भएको बताइन् । 
 

salt training

कमेन्ट गर्नुहोस्