२१ जेठ २०८३, बिहीबार

ललितपुरका पराजित उम्मेदवार ‘जिताइदिन’ माग गर्दै अदालत पुगे

कात्तिक २०, २०७४
ललितपुरका पराजित उम्मेदवार ‘जिताइदिन’ माग गर्दै अदालत पुगे
काठमाडौं, १८ जेठ – ललितपुर महानगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार बनेका हरिकृष्ण व्यज्नकार अदालत पुगेका छन् । उनले आफूले जित्नुपर्ने भएपनि मतगणना प्रतिनिधिहरुले झेल गरेर आफूलाई हराएको आरोप लगाउँदै अदालतमा मुद्दा दायर गरेका छन् ।

उनले अदालतममा फिराद पत्र दायर गर्दै आफूले पटक पटक मतगणनाको समयमा दिएका निवेदनको समेत सुनुवाई भएको बताएका छन् । मत गन्ने कर्मचारीले धाँदली गरेको उनले बताएका छन् । कम्प्युटर इन्ट्रि लगायतमा पनि कर्मचारीले धाँधदली गरेको उनले बताएका छन् ।

ललितपुरका वडा नम्बर १, २, ४, ९ र २६ मा मतगणनमा विवाद भएको उनले फिराद पत्रमा उल्लेख गरेका छन् । निर्वाचन आयोगका विरुद्धमा एकलौटी मतगणना गरेको भन्दै उनले मुद्दा हालेका छन् । उनले उच्च अदालत पाटनमा मुद्दा हालेका हुन् ।

उनले आफू ४ सय १५ मतले विजयी भएको भएपनि ३ सय २६ मतले कांग्रेसका उम्मेदवारलाई विजयी गराइएको अारोप लगाएका छन् । उनको मुद्दाको पेशी शुक्रवारको लागि तोकिएको छ ।

व्यञ्जनकारले मतगणनको अन्तिम समयमा आएर मतगणना बहिष्कार गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्