२६ जेठ २०८३, मंगलबार

मतदातालाई कोरोना परीक्षणको रिपोर्ट अनिवार्य नहुने

मतदातालाई कोरोना परीक्षणको रिपोर्ट अनिवार्य नहुने

राष्ट्रियसभाको बिहीबारको उपनिर्वाचनमा मतदातालाई कोरोना परीक्षणको रिपोर्ट अनिवार्य नगरिने भएको छ । मतदान प्रक्रियाबाट मतदाता कसैलाई पनि वञ्चित नगर्नका लागि यस्तो निर्णय गरिएको निर्वाचन आयोगले जनाएको छ । 

वाग्मती प्रदेशका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुखउपप्रमुख मतदाता रहने निर्वाचनमा कोरोना संक्रमित मतदाताका लागि भने अलग्गै व्यवस्था हुने निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।  बिहान ९ बजेदेखि शुुरु हुने मतदान प्रक्रिया अपराह्न ३ बजे सकिने छ । 

वाग्मती प्रदेशअन्तर्गतका उपनिर्वाचनमा नेकपा(एमाले)का तर्फबाट गृहमन्त्री रामबहादुर थापा, नेपाल मजदूर किसान पार्टीबाट कृष्णगोपाल तामाङ र  स्वतन्त्र खिमलाल देवकोटा प्रतिस्पर्धा गर्दै छन् ।  
 

salt training

कमेन्ट गर्नुहोस्