०२ असार २०८३, मंगलबार

कोरोनासँग मिल्दोजुल्दो लक्षण भए पनि अधिकांशले परीक्षणै गराउँदैनन्

जेठ ६, २०७८
कोरोनासँग मिल्दोजुल्दो लक्षण भए पनि अधिकांशले परीक्षणै गराउँदैनन्

हिमाली तथा पहाडी जिल्लामा आईसीयू र भेन्टिलेटर सुविधा नभएका कारण उपचारै नपाएर संक्रमितको ज्यान जाने अवस्था छ । स्थानीय अस्पतालमा उपचार सम्भव नहुँदा अवस्था भयावह बन्दै गएको चिकित्सकहरू बताउँछन् । इलाम, संखुवासभा र ताप्लेजुङका ग्रामीण बस्तीहरूमा धेरैलाई एकै पटक रुघा, खोकी र ज्वरोले गालेको छ ।

आजको कान्तिपुर दैनिक लेख्छ- संक्रमणबाट इलाममा १३ जनाको मृत्यु भइसकेको छ । हालसम्म ३ सय ९१ जना संक्रमित छन् । ५० शय्याको इलाम अस्पतालमा प्रदेश सरकारले दिएको भेन्टिलेटर भए पनि प्रयोगमा छैन । आईसीयू पनि तीन महिनादेखि सञ्चालनमा छैन । अहिले सदरमुकामको कोभिड अस्पतालमा २० जना संक्रमित छन् । अस्पतालमा ५० सिलिन्डर अक्सिजन छ । तर संक्रमित बढ्दै गएकाले यो संख्या अत्यन्तै न्यून देखिएको छ ।पत्रिकाले कोरोनासँग मिल्दोजुल्दो लक्षण भए पनि अधिकांशले परीक्षणै नगराउने गरेको उल्लेख छ । 
 

salt training

कमेन्ट गर्नुहोस्