२७ जेठ २०८३, बुधबार

हत्या आरोपमा पक्राउ

हत्या आरोपमा पक्राउ

नातामा भाउजू पर्ने २४ वर्षीया अनिता यादवको हत्या गरेको आरोपमा रङ्गेली नगरपालिका–३ निवासी १९ वर्षीय विनोद यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

रङ्गेली–३ तिलवा चोक बस्ने बेचन यादवकी श्रीमती अनितालाई अभियुक्तले मङ्गलबार विवाद भई घाँटी आगाडिको भागमा धारिलो हतियार दाउले हानेर हत्या गरेको प्रहरी प्रवक्ता मानबहादुर राईले आज जानकारी दिए।

अभियुक्तलाई बिहीबार बिहान रङ्गेली प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्