१९ असार २०८३, शुक्रबार

दिल्लीमा बुधवार ७० वर्षयताकै सबभन्दा बढी वर्षा, सडकभित्र पस्यो ट्रक

जेठ ६, २०७८
दिल्लीमा बुधवार ७० वर्षयताकै सबभन्दा बढी वर्षा, सडकभित्र पस्यो ट्रक

भारतमा चक्रवाती तुफान ताउतेको असर कमजोर हुँदै गएको भए पनि राजधानी दिल्लीमा त्यसको असर अझै देखिँदैछ । 

बुधवार दिल्लीमा वर्षाले विगत ७० वर्षको कीर्तिमान भंग गरेको छ । ६० मिलिमिटरको कीर्तिमान तोडिएको हो । त्यहाँ अहिले पनि अलिअलि पानी परिरहेको छ । 

अत्यधिक वर्षा भएपछि दिल्ली–एनसीआरमा धेरै ठाउँ जलमग्न भएको छ । 
 

नजफगढमा अत्यधिक वर्षाका कारण सडक भासिएपछि एउटा ट्रक नै भित्र पसेको छ । क्रेन र जेसीबीको सहायताले ट्रकलाई निकाल्ने काम भइरहेको छ । 

दिल्लीमा पछिल्लो २४ घन्टामा ११९ मिलिमिटर वर्षा भयो । 

बुधवार दिल्लीको अधिकतम तापक्रम २३.८ डिग्रीमा सीमित रह्यो जबकि सामान्य समयमा लगभग ४० डिग्री हुने गर्थ्यो । 
 

बिहीवारबाट वर्षा घट्दै जाने मौसम विभागले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्