३० जेठ २०८३, शनिबार

इजरायलले प्रहार गरिरहेछ खतरनाक निन्जा मिसाइल, के हो विशेषता ?

जेठ ६, २०७८
इजरायलले प्रहार गरिरहेछ खतरनाक निन्जा मिसाइल, के हो विशेषता ?

गाजामा विस्फोट भएको एउटा कार हेर्दा इजरायलले अमेरिकाको जस्तै ६ वटा धार भएको निन्जा मिसाइल बनाएर उपयोग गर्न थालेको अनुमान गरिएको छ ।

मंगलवार गाजा शहरमा सिट्रोएन एक्ससारा कारलाई इजरायली वायुसेनाले आक्रमण गरी ध्वस्त पारेको थियो । इजरायली डिफेन्स फोर्सेस (आईडीएफ)ले हमासको आत्मघाती पनडुब्बीलाई तारो बनाएको जनाएको थियो । 

उक्त आक्रमणको भिडियो आईडीएफले जारी गरेको छ । त्यसमा कारको चालक बस्ने भागमा क्षेप्यास्त्रले झ्याल र ढोका ध्वस्त पारेको तर वाहन साबुतै रहेको अनि त्यो एउटा चोकसम्म गुडेर गएको देखिन्छ । 

अमेरिकाले लिबिया, सिरिया र इराकमा उपयोग गरेको आर९एक्स निन्जा क्षेप्यास्त्रले गर्ने क्षति पनि यस्तै किसिमको हुन्छ । अमेरिकाको हेलफायर रकेटले शक्तिको इम्प्याक्ट तथा ६ वटा लामो ब्लेडमार्फत तारोलाई ध्वस्त बनाइदिन्छ । 

अमेरिकासँग निकट सम्बन्ध रहेको इजरायली सेजाले उक्त क्षेप्यास्त्रकै आफ्नो संस्करण बनाएको हो भनी अनुमान गरिएको छ । 

गाडीलाई धेरै क्षति नगरी गाडी चलाउनेलाई सिध्याउने उद्देश्यले क्षेप्यास्त्र प्रहार गरेको देखिन्छ ।
 

salt training

कमेन्ट गर्नुहोस्