०५ असार २०८३, शुक्रबार

संसदमा एमाले सांसद् उभिदा माओवादीको नियमापत्ति लागेन !

कात्तिक २०, २०७४
संसदमा एमाले सांसद् उभिदा माओवादीको नियमापत्ति लागेन !

काठमाडौं १८ जेठ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका कारण व्यबस्थापिका संसद्को बैठक लगातार अबरुद्ध भएको छ । बिहीवार व्यबस्थापिका संसद्को बैठक सुरु हुनासाथ एमाले सांसदरु उठेर विरोध जनाएका थिए ।

एमालेको अबरोधपछि सभामुख ओनसरी घर्तीले जेठ २१ गते सम्मका लागि संसदको बैठक स्थगित गरेकी छिन् । बैठकमा माओवादी केन्द्रका सांसद रामनारायण विडारीले नियमापत्ति गरेपनि सभामुख घर्तीले प्रतिपक्षी दलका सांसद उभिइरहेको समयमा नियमापत्ति नलाग्ने बताइन ।

सांसद विडारीले एमाले सांसद उभिएकोमै आफ्नो नियमापत्ति रहेको बताउदा संसदमा हासो छाएको थियो । चितवनको भरतपुरमा अबरुद्ध मतगणना सुचारु गर्न मागगर्दै एमालेले हिजो पनि संसद बैठक अबरुद्ध गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्