२५ जेठ २०८३, सोमबार

मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोनालाई जिते

जेठ ६, २०७८
मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोनालाई जिते

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

कोराना संक्रमण देखिएको दशौं दिन बुधवार गरेको पीसीआर रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

सेती प्रादेशिक अस्पतालका कोभिड विभाग प्रमुख डा. शेरबहादुर कमरको निगरानीमा होम आइसोलेसनमै उपचार गराएका मुख्यमन्त्री भट्टको अवस्था अहिले सामान्य रहेको मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवरले बताए ।

salt training

कमेन्ट गर्नुहोस्