
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन बेलायतसँग आग्रह गरेका छन् ।
नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले गरेको शिष्टाचार भेटका क्रममा ओलीले खोपका लागि अनुरोध गरेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
भेटमा ओलीले बेलायतले गरेको सहयोगका लागि धन्यवाद ज्ञापन समेत गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज नेपालका लागि बेलायती राजदूत Nicola Pollit ले शिष्टाचार भेट गर्नुभयो।
— Surya Thapa (@ThapajiSurya) May 20, 2021
उक्त अवसरमा बेलायतले गरेकाे सहयाेगका लागि प्रधानमन्त्रीज्यूले धन्यवाद ज्ञापन गर्नुहुँदै नेपाली जनताकाे लागि AstraZeneca Covid- 19 vaccine उपलब्ध गराउन अनुराेधसमेत गर्नुभएको छ। pic.twitter.com/XRT0GooY09