०१ साउन २०८३, शुक्रबार

राष्ट्रियसभा उपनिर्वाचनमा ३३८ मत खस्यो, आजै मतगणना गर्ने तयारी

राष्ट्रियसभा उपनिर्वाचनमा ३३८ मत खस्यो, आजै मतगणना गर्ने तयारी

बागमती प्रदेश तर्फको रिक्त राष्ट्रियसभा सदस्य निर्वाचित गर्न बिहीवार भएको मतदानमा ३३८ मत खसेको छ ।

निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार मतदानमा १०४ प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख २३३ जना ३३८ जना सहभागी भएका छन् । मतदानमा १० मतदाता अनुपस्थित रहेका छन् ।

विवेकशील साझा पार्टीका ३ जनाले मतदाताले ‘नो भोट’ गरेका थिए ।

उपनिर्वाचनको मतगणना आज बिहीवारै हुने जनाइएको छ । उपनिर्वाचनमा नेकपा एमालेका रामबहादुर थापा ‘बादल’ र विपक्षी गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी र एमालेको माधव नेपाल पक्षको समर्थन रहेका स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटाबीच मुख्य प्रतिस्पर्धा रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्