२९ जेठ २०८३, शुक्रबार
नयाँ बजेटको तयारी

जेठ ९ गते संसदको अधिवेशन बोलाउन सरकारले गर्‍यो सिफारिस

जेठ ९ गते संसदको अधिवेशन बोलाउन सरकारले गर्‍यो सिफारिस

सरकारले जेठ ९ गते आइतवारदेखि संसदको बजेट अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले जेठ ९ गतेका लागि संसदको अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो । 

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिनको लागि संसदको अधिवेशन बोलाउने तयारी गरेका थिए ।

बिहीवारको बैठकमा ओलीले विश्वासको मत नलिई धारा ७६ उपधारा ५ अनुसारको सरकार गठनका लागि मार्गप्रशस्त गर्ने निर्णय सुनाएका थिए ।

जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता भए पनि प्रधानमन्त्रीले विश्वासको मत नलिई अल्पमतको सरकारले बजेट ल्याउन नमिल्ने बहस हुँदै आएको थियो । 

संसदको अधिवेशन बोलाउन सिफारिस गरेपनि बजेट कसरी ल्याउने भन्ने अन्योल कायमै रहेको देखिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्