
राष्ट्रपति विद्यादेवी भण्डारीले भर्खरै २ अध्यादेश जारी गरेकी छन् ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले प्रेस विज्ञप्तिमार्फत अध्यादेशबारे जानकारी दिएका छन् ।
शपथ सम्बन्धी अध्यादेश, २०७८ र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ जारी भएका छन् ।
नेपालको संविधानमा प्रधानमन्त्री र मन्त्रीहरूले संघीय कानून अनुसार शपथ लिने उल्लेख भएपनि हालसम्म कुनै कानून बनेको थिएन ।
पछिल्लोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको शपथ विवादित भएर सर्वाेच्च अदालतमा मुद्दा परेपछि कानूनको खोजी भएको हो । शपथको कानून नै नभेटिएपछि संसद अधिवेशन नचलेको अवस्थामा अध्यादेश जारी भएको छ ।
