
काठमाडौं, १३ पुस–भारत कानपुरको देहातको रुरा स्टेशन नजिक अजमेर सियादलदह एक्सप्रेसको रेल दुर्घटनामा परेको छ । रेलका १५ वटा डिव्वा पटरीबाट बाहिरिएका थिए ।
समाचार एजेन्सी पीपीआइका कानुपर आईजी जकी अहमदका अनुसार र्दुटनामा दुईको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।
रेल मन्त्रालयले दुर्घटनाको पुष्टि गर्दै १२०८७ सियालदह अजमेर एक्सप्रेसको डिव्वा कानुपर बाट ५० किलोमिटर टाढा रुवा तथा मेथाको बीचमा विहान ५ बजेर २० मिनेटमा लिकबाट बाहिरिएको थियो ।