२३ असार २०८३, मंगलबार

माओवादी प्रवक्ता श्रेष्ठले गरे गोरखा अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

जेठ ६, २०७८
माओवादी प्रवक्ता श्रेष्ठले गरे गोरखा अस्पताललाई स्वास्थ्य सामग्री प्रदान
फाइल फोटो

नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी  श्रेष्ठले गोरखा अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।

गोरखा अस्पतालमा पुगेर प्रवक्ता श्रेष्ठले बिहीवार १ हजार एन्टिजेन किट सहितका स्वास्थ्य सामग्री अस्पताललाई उपलब्ध गराएका हुन् । एन्टिजेन किटको अभावमा अस्पतालमा कोरोनाका शकांस्पद नागरिकहरूको तत्काल परीक्षण गर्न अभाव भएको जानकारी पाएपछि प्रवक्ता श्रेष्ठ किट बोकेर अस्पताल पुगेका हुन् ।

प्रवक्ता श्रेष्ठले स्वास्थ्य सामग्री अस्पतालका डा. अजयराज गौतमलाई हस्तान्तरण गरे ।

अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर, ४० लिटरका १० अक्सिजन सिलिण्डर लगायत सामग्रीसहित एन्टिजेन किट प्राप्त भएको डा. गौतमले जानकारी दिए ।

अस्पताललाई प्राप्त भएका महत्त्वपूर्ण सामग्रीले बिरामीको उपचारमा सहयोग पुर्‍याउने डाक्टर गौतमले बताए । गोरखा अस्पतालमा बिरामीको उपचारका लागि आइसोलेन बेडको अभाव भएपछि प्रवक्ता श्रेष्ठको निर्देशनमा बेड थप गर्ने काम भइरहेको छ भने अस्पतालमा अक्सिजन प्लान्टसमेत जडान गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्