२७ जेठ २०८३, बुधबार

माओवादीको प्रतिक्रिया– राष्ट्रपतिको आह्वान प्रतिगमनको निरन्तरता र संविधान समाप्त पार्ने खेल

माओवादीको प्रतिक्रिया– राष्ट्रपतिको आह्वान प्रतिगमनको निरन्तरता र संविधान समाप्त पार्ने खेल

संविधानको धारा ७६ को उपधारा ३ अनुसारको प्रधानमन्त्रीले राजीनामा या संसदमा विश्वासको मत नलिइ धारा ७६ को उपधारा ५ अन्तरगतको सरकार गठन गर्न राष्ट्रपतिले गरेको आव्हानलाई नेकपा माओवादी केन्द्रले घोर असंवैधानिक कदमको संज्ञा दिएको छ । 

माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य पम्फा भुसालले राष्ट्रपतिको कदम पुस ५ गते प्रतिनिधि सभा विघटन गर्ने ‘प्रतिगमन’कै शिलशिला भएको बताएकी हुन । उनले राष्ट्रपतिको आव्हान फिर्ता हुनुपर्ने पार्टीको लाइन रहेको बताइन् ।
‘या त प्रधानमन्त्रीले राजीनामा दिनुपर्यो, या प्रधानमन्त्रीले संसदमा गएर विश्वासको मत प्राप्त नगरेको हुनु पर्यो, यी दुवै नभई नयाँ सरकार गठनका लागि आह्वान हुनु संविधान र व्यबस्था समाप्त पार्ने खेल हो’ भुसालले लोकान्तरसँग भनिन् । 

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार साझ सम्मको समय दिएर उपधारा ५ अनुसार सरकार गठनका लागि बिहीवार आग्रह गरेकी छन् ।

‘नयाँ सरकार गठनका लागि आज गरिएको आह्वान हिजोको एउटा प्रतिगामी कदमको निरन्तता जस्तो लागेको छ । प्रधानमन्त्रीसँग बहुमत छ छैन भन्ने परीक्षण गर्ने थलो संसद हो । संसदले निर्णय नगर्दै राष्ट्रपतिले नयाँ सरकार गठन गर्न आह्वान गर्नु विल्कुल गलत हो, असंवैधानिक कदम, राजनीतिक व्यवस्थालाई समाप्त पार्ने संविधान वादलाई समाप्त पार्ने खेल हो यो तुरुन्तै सच्चाउनु पर्छ’ भुसालले भनिन् ।

salt training

कमेन्ट गर्नुहोस्