०२ असार २०८३, मंगलबार

‘भूकम्प आएपछि सुतेकै बेला घरले थिचेछ, बोल्न त के श्वास फेर्न पनि सकिएन’

जेठ ७, २०७८
‘भूकम्प आएपछि सुतेकै बेला घरले थिचेछ, बोल्न त के श्वास फेर्न पनि सकिएन’

लमजुङको मस्र्याङ्दी गाउँपालिका–५ घेर्मु घर भई हाल बेँसीशहर नगरपालिका–६ चनौटेमा बस्दै आएकी ३६ वर्षीय उमा गुरुङ आफ्नो घरको पालिमा बनाइएको एक कोठामा छोरी श्रृतीसित सुत्ने गर्छिन् । 
उमा सँधै बिहान उठेर घरधन्दा गर्थिन् तर बुधबार बिहान अवेरसम्म सुतिरहिन् । घरमा भएको उमाकी आमा उठेर घरधन्दा गर्न लागिन् । छोरी श्रृती भने मनिङवाकमा  गइन् । उमा भने मस्त निन्द्रमै थिइन् । 

छोरी निस्किएको एक मिनेटमै अर्थात् ५ बजेर ४२ मिनेटमा लमजुङ मस्र्याङ्दी गाउँपालिका–८ भुलभुले केन्द्रबिन्दू बनाएर ५ दशमलव ८ रेक्टरको भूकम्प गयो । निन्द्रमै भएकी उमालाई घरको पुतली गाह्रो भत्किएर ढुंगामाटा हित खस्दा पालिमा रहेका जस्तापाता र ढुंगामाटाले पुर्यो । ‘‘शरीर पुरिनै लाग्दा बल्ल थाहा पाएछु ।’’ उनले भनिन्, ‘‘एकछिन त आत्तिएँ । मुखैभरी माटाले भरिएको थियो । बोल्न त के श्वास फेर्न पनि सकिएन । विस्तारै हातले अनुहारको केही माटा हटाउन सके अनि अल्लि बोल्न भयो । अब त मर्ने भएँ  । म परेपछि मेरा सन्तान के गर्लान् भन्ने पीर लाग्यो । त्यसपछि झन् आत्तिएँ ।’’ उनले  छिटो मलाई उद्धार गर भनेर चिच्याएपछि स्थानीयवासी छोराछोरी आएर उद्धार गरेका थिए  ।
‘‘ठूलो दशाग्रह लागेको रहेछ तर भाग्य बलियो भएर बाँचे’’ उमाले  भनिन् । उनको पाँच जनाको परिवार छ । सो दिन उमाका श्रीमान कामको शिलशिलामा मनाङ जाने भनेर चाँडै उठेर जीप चलाएर सामानसहित मनाङतर्फ जाँदै थिए । सोही भूकम्प गएको केन्द्रबिन्दू आसपासमा पुग्दै गर्दा श्रीमती घाइते भएको खबर आएपछि जीप साथीलाई चलाउन दिएर फर्किएको उनले बताए । उमा उपचारपछि अहिले अस्पतालबाट घर फर्किएकी छन् । 
उमा यतिबेला उनी घर नजिकै सानो बाँसले बारेको कटेजमा बस्दै आराम गरिरहेकी छिन् ।
 

salt training

कमेन्ट गर्नुहोस्