
धादिङमा भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा निलकण्ठ नगरपालिका- ११ गोला भञ्ज्याङका ३३ वर्षीय श्यामबहादुर शाक्य र निलकण्ठ नगरपालिका- ९ बस्ने ३२ वर्षीय सन्तबहादुर गुरुङ छन् ।
उनीहरूलाई निलकण्ठ नगरपालिका- ११ गोला भञ्ज्याङबाट सोमबार साँझ पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।