०८ साउन २०८३, शुक्रबार

बेकह्यामलाई 'हल अफ फेम' सम्मान

जेठ ७, २०७८
बेकह्यामलाई 'हल अफ फेम' सम्मान

इङ्लिस प्रिमियर लिगको 'हल अफ फेम' सम्मानबाट डेभिड बेकह्याम सम्मानित भएका छन् ।

प्रिमियर लिगले बिहीवार म्यानचेस्टर युनाईटेडका पूर्व कप्तान बेकह्यामलाई 'हल अफ फेम' बाट सम्मानित गरेको हो ।

यस अघि यस सम्मानबाट स्टेभेन जेरार्ड, फ्रान्क लाम्पार्ड, एलन शियरर, थियरी हेनरी, रोय केन र एरिक क्यान्टोना सम्मानित भएका छन् ।

प्रिमियर लिगले पूर्व खेलाडीलाई गर्ने यो उच्च सम्मान हो ।

बेकह्याम युनाईटेडका लागि २ सय ६५ खेल खेलेका थिए । उनले युनाईटेडका लागि ६२ गोल र ८० असिस्ट गरेका थिए ।

युनाईटेडका लागि बेकह्यामले ६ प्रिमियर लिग उपाधि जितेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्