०६ असार २०८३, शनिबार

शीतलनिवासबाट रातारात अर्को षड्यन्त्र भयो : जनार्दन

शीतलनिवासबाट रातारात अर्को षड्यन्त्र भयो : जनार्दन

पूर्वमन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकरले राष्ट्रपति निवास शीतलनिवासबाट फेरि अर्को षड्यन्त्र भएको टिप्पणी भएको छ । 

बिहीवार राति एक ट्वीट गर्दै उनले राष्ट्रियता र संघीय गणतान्त्रिक गणतन्त्र विरुद्ध रातारात शीतलनिवासबाट फेरि अर्को षड्यन्त्र भएको उनले बताएका हुन् । 

उनले भनेका छन्,'राष्ट्रियता र संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्ध रातारात शितल निवास बाट फेरि अर्को षड्यन्त्र ।'

राष्ट्रपति कार्यालयबाट संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठन गर्नका लागि प्रक्रिया शुरू गर्न आह्वान भएको थियो । 

सोही विषयलाई लिएर अहिले अन्य राजनैतिक दल तथा दलका नेताहरूले पनि टिप्पणी गरिरहेका छन् । 

 

sp;

 

salt training

कमेन्ट गर्नुहोस्