१९ असार २०८३, शुक्रबार

बाग्मती सफाई अभियान आठ वर्ष पूरा, उठे २० हजार टनभन्दा बढी फोहर

बाग्मती सफाई अभियान आठ वर्ष पूरा, उठे २० हजार टनभन्दा बढी फोहर

बाग्मती सफाई महाअभियान आठ वर्ष पुगेको छ । 

यो अभियान २०७० जेठ ५ गते शुरु भएको थियो ।
 
यो अभियान हरेक शनिबार विहान २ घण्टा सञ्चालन गरिंदै आएको छ ।  

अभियान आठ वर्ष पूरा भएको अवसरमा अभियानकर्मीहरूले एक विज्ञप्ति जारी गर्दै आठ वर्षको अवधिमा वाग्मती र सहायक नदीमा वर्षौं देखि थुप्रिएको २० हजार टन भन्दा बढी फोहर उठाएको बताएका छन् ।
यस्तो छ विज्ञप्ति

आज भन्दा नौ वर्ष अघि २०७० जेठ ५ गते शुरु गरिएको वाग्मती सफाइ महाअभियान अटुटरुपमा हरेक शनिबार विहान २ घण्टा सञ्चालन गरिंदै आएको छ । त्यसको अघिल्लो दिन नेपाल विज्ञापन संघ, नेपाल चलचित्र संघ लगायत विभिन्न पेशागत संस्थाको पहलमा निजी र सार्वजनिक निकायहरुलाई गोलबद्ध गरी वाग्मती नदीको सफाइ शुरु गर्ने सन्देशसहित काठमाडौंको दशरथ रंगशालामा फुटबल खेलको आयोजना गरिएको थियो । 

संयोगवश नेपाल सरकार शहरी विकास मन्त्रालयको स्थापना दिवस पारेर मन्त्रालयको आयोजनामा गुह्येश्वरी मन्दिरको प्रांगणबाट शुरु गरिएको यो अभियान तत्पश्चात एक स्वयंसेवी अभियानको रुपमा सञ्चालित छ ।  

अभियानका शुरुवातीका दिनमा गायत्री परिबार,एस ट्राभल्स, विज्ञापन संघ, चलचित्र संघ, जीवन विज्ञान,काठमाडौं इञ्जिनियरिङ कलेज,काठमाडौं महानगरपालिका, पशुपति विकास कोष, प्याब्सन, एन प्याब्सनको विशेष भूमिका रहेको यस अभियानमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, एक हजारभन्दा बढी विभिन्न संघसंस्था, विद्यार्थी, शिक्षक,कर्मचारी, व्यवसायी, उद्योगपति, पत्रकार,कलाकार, डाक्टर, इञ्जिनियर तथा सयौं समाज सेवीको 

सहभागिता रहेको छ ।  गैरअfवासीय नेपालीसंघ, विभिन्न अवसरमा विदेशबाट पाल्नु भएका विशिष्ट व्यक्तित्व र नेपालस्थित विदेशी नियोगका कर्मचारीहरुले पनि यो महाअभियानमा सहभागिता जनाएका छन् । तर यो अभियानको कुनै औपचारिक समिति र बैक खाता छैन। न त यस अभियानका कुनै पदाधिकारी छन् न  यसले कुनै दानदतब्य, चन्दा वा आर्थिक सहायता लिन्छ।

नितान्त स्वयंसेवी भावनाले जुटेका अभियन्ताहरुले विगत आठ वर्षको अवधिमा वाग्मती र सहायक नदीमा वर्षौं देखि थुप्रिएको २० हजार टन भन्दा बढी फोहर उठाएका छन् । अहिलेसम्म यो अभियानमा करीव १० लाख भन्दा बढी स्वयंसेवीहरुले सहभागिता जनाएका छन् । यस अवधिमा अभियानको पहलमा नदी तथा सम्पदा संरक्षण सम्बन्धी विद्यालय तहमा प्रवचन, राष्ट्रब्यपी निवन्ध र कविता प्रतियोगिताहरू तथा फोटो  र चित्रकला  प्रदर्शनी तथा साङ्गितिक कार्यक्रमहरू संचालन गरिएको छ। यो अभियानले बायोकम्पोष्टिङ, कौसी खेती, ठोस फोहरको पुनप्रयोग सम्बन्धी अनुसन्धानका कामका लागि उत्प्रेरक र सहजकर्ताको भुमिका खेलेको छ। यसको सहजीकरणमा   वाग्मतीका किनारमा ३ दर्जन भन्दा बढी बगैंचा निर्माण गरिएका छन् र अभिगन्ताहरूले वागमती र मनहरा किनारामा विभिन्न संघसंस्थाको सहभागितामा ६००० जति बोटबिरुवा  हुर्काएर नदी किनारालार्इ हराभरा बनाएका छन् ।

वाग्मती नदी सरसफाईबाट शुरु गरिएको यो अभियान अहिले वाग्मतीका विभिन्न खण्ड, वाग्मतीका शाखा नदीहरु जस्तै– विष्णुमति, धोवीखोला, हनुमन्ते, मनोहरा, गोदावरी, बल्खु, चक्रपथ उत्तर, चक्रपथ पश्चिम गरी करीव २० स्थान र, उपत्यका वाहिर पोखरा, वीरगंज, नेपालगञ्ज, दाङ, दमक, भरतपुर, पनौतीलगायत ९० वटा भन्दा बढी शहर बजारमा स्थानीयबासीको सहभागितामा सञ्चालन भइरहेको र यसले राष्ट्रिय अभियानको रुप धारणा गरेको उल्लेख गर्न पाउंदा हामीलार्य गर्व लागेको छ । 

वाग्मती सफाई महाअभियान सञ्चालन हुनथालेपछि वाग्मती नदी क्षेत्रको वातावरणमा सुधार भएको, नदी पहिलेभन्दा निकै सफा भएको, विभिन्न स्थानमा हरियाली पार्कको निर्माण भएको, नदीमा ठोस र तरल विसर्जन गर्ने काम निमिट्यान्न नभएपनि एकदमै कम भएको तथा वालुवा चोरी र नदीको जग्गा अतिक्रमणमा नियन्त्रण भएको छ । नदीकिनारका सम्पदाहरुको संरक्षण हुनाका साथै स्थानीयवासीहरु तथा विभिन्न संघसंस्थाको योगदानबाट वृक्षरोपण गर्ने र विश्रामस्थल निर्माण गर्ने कार्यहरु पनि अघिबढिरहेका छन् । फोहरको वर्गीकरणबाट बायोकम्योष्टिङ गरी कौशीखेती तथ cfocfर्जन प्रवर्धन भएको छ। नदी किनार सफाइ अभियानसँगै टोलटोलमा पनि सरसफाइकार्य शुरु गरिएका छन् जसले गर्दा शहर सफा राख्नका लागि अभुतपूर्व जनचेतना अभिवृद्धि भएको छ। यो नै हाम्रो सबैभन्दा ठुलो उपलब्धी हो । 

 शहरी विकास मन्त्रालय अन्तर्गतको  अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले शुरु गरेका पूर्वाधार निर्माण तथा सार्वजनिक जग्गा संरक्षणमा यस अभियानले सहयोगी, सजकर्ता र दवावकारी भूमिका निर्वाह गरेको छ।  सो समितिले नदीका दुवै किनारमा ढलनिकासको व्यवस्था गर्ने, ढलप्रशोधन केन्द्र निर्माण गर्ने, वाग्मती नदीको मुहानक्षेत्रमा बाँध निर्माण गरी वर्षादको पानी जम्मा गरी सुख्खा याममा बगाउने, प्रयोग भएर निस्कने फोहर पानीलाई ढलप्रणाली मार्फत प्रशोधन गरी पुनः वाग्मती नदीमा छोडने आदि काम गरिरहेको छ। समितिले गुह्येश्वरीमा करीa # s/f]8 @). nfv घनमिटर प्रतिदिन क्षमताको नयाँ ढलप्रशोधन केन्द्रको निर्माण  र  पुरानो प्रशोधन केन्द्रको मर्मत सम्भार गरी पूर्ण क्षमता(३२लाख घनमिटर प्रतिदिन)मा सञ्चालनमा ल्याएको छ ।  वाग्मतीको मुहान क्षेत्र घापमा २२ मिटर अग्लो बाँध बाध्ने कार्य अन्तीम चरणमा पुगेको छ । विष्णुमती, धोवीखोला लगायतका नदीमा ढल विछ्याउने कार्यक्रम सरकारले अंगाडी बढाएको छ। वाग्मतीका सहायक नदीहरु मनोहरा, हनुमन्ते, नख्खुमा नदीको बहावक्षेत्र सीमांकन गरी तटबन्ध निर्माण र दुवै किनारमा सडक निर्माण गर्ने कार्य अघिबढिरहेको छ । ती पूर्वाधार निर्माण भएपछि मात्र वाग्मती ढलमुक्त हुने र सुख्खायाममा पनि नदीमा यथेष्ट पानी वग्ने अवस्था आउँछ ।  सरकारले सन्चालन गर्ने ती योजनाको काम अपेक्षित गतिमा अँगाडि बढ्न सकेको हामीले महz"; u/]sf 5f}= वाग्मती र शाखा नदीहरुलाई स्वच्छ, सफा र हराभरा बनाउनका लागि थालीएका परियोजना छिटो सन्म्पन गर्न हाम्रो दवाव जारी रहने छ।

सरसफाई गरिएका  नदीखण्डलाई  स्थानीयबासीको सहभागिता प्रवर्धन गर्ने नीति अन्तर्गत गुह्येश्वरी भन्दा माथिको तटीय क्षेत्रमा स्थानीय संघसंस्था र स्थानीयबासीले स्वस्फूर्तरुपमा विभिन्न सृजनात्मक काम गर्दै हरेक हप्ता नदी सफाईको काम अनुकरणीय रूपमा  गरिरहेका छन् । हाल महाअभियानको पहलकदमी र सहजीकरणमा कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटार क्षेत्र र काठमाडौं महानगरपालिकाको वडा नं ४ र ११ मा नमूना कार्यक्रमका रुपमा फोहरको वर्गीकरण, न्यूनीकरण र पुनर्प्रयोगका गर्ने कार्य शुरु गरिएको छ । विगत ८ वर्षको निरन्तर प्रयासका बाबजूद पनि महाअभियानले विभिन्न चुनौतिहरुको सामान गरिरहेको छ । नदीमा फोहर फाल्ने काम पूर्ण रुपमा रोकिएको छैन । सरकारको तर्फबाट नदी किनारका अव्यस्थित बस्तीको व्यवस्थापन र अतिक्रमित जग्गा फिर्ता गर्ने काम हुन सकेको छैन । विभिन्न निकायहरुले नदी क्षेत्रमा गरिरहेका निर्माण कार्यबाट पहिले बनेका पूर्वाधारहरु नष्ट हुने वा क्षति हुने क्रम रोकिएको छैन । धेरै प्रयत्न गर्दा पनि वाग्मतीको पानीलाई नुहाउन योग्य बनाउन सकिएको छैन । विभिन्न बहानामा नदी किनारका जग्गा हडप्ने प्रपञ्च तोड्न सकिएको छैन । तर हामी थाकेका  5}gf}+ .

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ ले  नेपाल पनि प्रभावित हुनथालेपछि सरकारले २०७६ चैत्र ११ गते देखि देशभर लकडाउन तथा निषेधाज्ञा जारी  गरेपछि वाग्मती सफाइ महाअभियान पनि प्रभावित भएको छ । तर अभियन्ताहरुले जो जहाँ छन् त्यही स्थानका आ–आफनो घर छेउछाउ र नदीकिनारामा भौतिक दूरी कायम गरी सुरक्षात्मक उपायहरु अपनाएर सिर्जनात्मक तरीकाले  नदीको सरसफाइ गरि अभियानलाई जारी राखेका छन्।  अभियन्ताहरुको मनोबल उच्चराख्न र आपसमा विचारहरुको आदानप्रदान गर्न बेलाबेलामा भर्चुअल माध्यमबाट बैठक तथा योगाभ्यासका कार्यक्रमहरु आयोजना गरी महाअभियानको उत्साहलाई कायम राखिएको छ । यसै सिलसिलामा हालै २०७८ जेठ ४ गते मंगलबार भर्चुअल माध्यमबाट  आयुर्वेदका विद्वान डा= ऋषिराम कोइरालाले सुरक्षित र स्वf:Yo तथा खानपान, योगाचार्य किशोरसिंह शाहीले योगाभ्यास र मनोविमर्शक कञ्चन रावतले मानसिक स्वास्थ्यबारे प्रवचन  दिनु भएको थियो । योग र अन्य प|वचन कार्य जारी रहनेछ।

कोभिडको दोस्रो लहरबाट अहिले मुलुक आक्रान्त छ । विगत ३ हप्ता देखि देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।  यस अवस्थामा कोभिडबाट पीडित परिवार र निषेधाज्ञाका कारण आफनो रोजीरोटी गुमाएका व्यक्तिहरुलाई  सहयोग उपलब्ध गराउने उद्देश्यले वाग्मती सफाइ अभियन्ताहरुको अगुवाइमा  काठमाडौ उपत्यकामा “हामी तपाईको साथमा” - jL cf/ jLy o"_ अभियान सञ्चालन गरी अप्ठेरोमा परेका व्यक्तिहरुलाई राहत वितरणको कार्य शुरु गरिएको छ । यसबाट काठमाडौंको गुह्येश्र्वरी, शङ्खमुल, तीलगंगा, गोंगबु र  कीर्तिपुर नगरपालिका क्षेत्रमा बसोबास गरिरहेका अति विपन्न करीव !#) परिवारहरु लाभान्वित भएका छन् । 

वाग्मती सफाइ महाअभियान ८ वर्ष पुगेको पुनीत अवसरमा जाडो गर्मी, चाडपर्व, व्यक्तिगत सुखसुविधाको परवाह नगरी निरन्तररुपमा स्वयमसेवामा संलग्न हुनु हुने सबै स्वयंसेवी महानुभावहरु, विद्यार्थीहरु, नेपाली सेना, सशस्त्र प्रहरी , नेपाल प्रहरी, निजामती कर्मचारी, विभिन्न नगरपालिकाका कर्मचारी,नेपाल टेलिकम, विभिन्न बैंकहरु, उद्योगी, व्यवसायी, समाजसेवी, राजनीतिकर्मी, संचारकर्मी,कलाकार,पेशाकर्मी सबै प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै आगामी दिनमा पनि सक्रिय सहभागिताको अपेक्षा राखेका छौं । 

हाम्रो अभियान जारी छ ।
जय वाग्मती 

salt training

कमेन्ट गर्नुहोस्