
शाओमी,ग्लोबल टेक्नोलोजी लिडरले आज मी पोर्टेबल ब्लुटुथ स्पीकर १६ वाट र स्मार्ट ब्यान्ड ६ नेपालमा लन्च गरेको छ ।
अडियो लाईनअपको लागि नयाँ थप गरिएको मी पोर्टेबल ब्लुटुथ स्पीकर (१६ वाट) नेपाली श्रोताहरुलाई विशिष्ट र शक्तिशाली आउटइस्त्यानडिङ पावरफुल सराउंड साउंड प्रस्ताव गर्नको लागि विशेष रुपमा डिजाइन गरिएको छ ।
अर्को तर्फ स्मार्ट ब्यान्ड ६ ब्रान्ड वेरेबल लाइनअपमा पछिल्लो थप हो जुन स्मार्टफोन एक्स एलोट स्ट्राटेजीमा निर्मित छ । यो एड्भान्स हेल्थ ट्रयाकिङ्ग फिचर्सहरुले सुसज्जित छ।
लन्चको बारेमा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, “यो मी पोर्टेबल ब्लुटुथ स्पीकर (१६ वाट) को लन्चबाट हामी हाम्रो प्रशंसक र उपभोक्ताहरुलाई कुनै पनि अवरोध बिना उच्च गुणवत्ता अडियो अनुभवको स्वतन्त्रता प्रदान गर्न चाहन्छौँ । स्पीकरमा डुअल ईक्यु मोडहरु जस्ता सुविधाहरुको साथ हामी विश्वास गर्दछौँ कि यो प्रोडक्ट एक क्लटर फ्रि र वायरलेस अनुभवको लागि एक उत्तम फिट हुनेछ । ”
उनले थपे , “ विश्वको नम्बर एक वेरेबल ब्यान्ड ब्रान्डको रुपमा शाओमीले अमेजिङ्ग प्रोडक्टहरुको उत्पादन गर्ने निरन्तर सेवालाई जारी राख्नेछ जुन दु्रत रुपमा परिवर्तन हुने उद्योगको लागि फोरफ्रन्टमा रहन्छन् ।
हाम्रो एभर इभल्भिङ्ग वेरेबल प्रोडक्टका साथ शाओमील आफ्नो प्रयोगकर्ताहरुलाई सधैँ सव्रिmयतामा एक कदम अघि रहन अधिकार दिन्छ र एक एक्टिभ लाइफस्टाइल र आफ्नैै एक राम्रो संस्करण बन्न मद्दत गर्दछ । शाओमीको व्यापक रुपमा पछिल्लो थप भएको प्रशंसित मी स्मार्ट ब्यान्ड सिरिज, मी स्मार्ट ब्यान्ड ६ पनि यही मिशनमा निर्मित रहेको छ ।
मी पोर्टेबल ब्लुटुथ स्पीकर(१६ वाट)
पूर्ण फुल साउन्ड एक्पेरियन्सका लागि मी पोर्टेबल ब्लुटुथ स्पीकर(१६ वाट) उत्कृष्ट र शक्तिशाली सराउन्ड साउन्ड प्रस्ताव गर्नको लागि डिजाइन गरिएको छ । एक कम्प्याक्ट डिजाइन र बेस्ट–इन–क्लास फिचरहरु प्रस्तुत गर्दै यो उपकरणले कम्प्लिट साउन्ड एक्सपेरियन्सका लागि हाई क्वालिटी साउन्ड, डिपर बास, क्लियर र रिच भोकलको प्रदान गर्दछ ।
मी पोर्टेबल ब्लुटुथ स्पीकर(१६ वाट)–अडियो अन द फ्लाई
सुन्दर ढंगले निर्माण गरिएको १६ वाट मी पोर्टेबल ब्लुटुथ स्पीकरमा (१६ वाट) सबै दिशामा एक उत्कृष्ट उच्च–गुणवत्ता ध्वनि उत्पादन सुनिश्चित गर्न ट्विन ८डब्लु एक्स २ फुल रेन्ज ड्राइभर छ । एक स्टाइलिश भाइभ्रेन्ट मेस र ट्रेन्डी डिजाइन भएको स्पीकर एन्टी स्लिप प्याडिंगको साथ आउँदछ जसले उपकरणलाई उपयोगी बनाउँछ र यसमा स्ट्रङ ग्रिप छ जसले एक्सिडेन्टल स्लिपको जोखिमलाई कम गर्न मद्दत गर्दछ ।
असाधारण अडियो अनुभवको प्रतिज्ञाका साथ कम्प्याक्ट स्पीकर डुअल ध्वनि मोडको साथ आउँदछ । टेलर मेड एक्सपेरियन्सलाई इनेबल गर्दै हामीले आफ्नोे मुड र अवसर अनुसार सजिलै नर्मल र डीप बास मोडमा स्वीच गर्न सक्छौँ । मी पोर्टेबल ब्लुटुथ स्पीकर(१६ वाट) लाई उत्तम स्टेरियो एकसपेरियन्सको लागि टीडब्लुएस मोडमा एउटै कोठामा जडान गर्न पनि सकिन्छ । सबै घर पार्टीहरु, वर्कआउट सेसन र एड्भेन्चर ट्रिपहरुको लागि एक आर्दश उत्पादन भएको यो साउन्ड सिग्नेचर एक शक्तिशाली, प्रीमियम र फुलफिलिङ्ग प्रडक्ट हो ।
मी पोर्टेबल ब्लुटुथ स्पीकर २६०० एमएएच ब्याट्री लाइफको साथ आउँदछ जुन १३ घण्टा सम्म चल्दछ ।
यसको आइपिएक्स७ वाटरप्रुफको रेटिङ्ग छ र यसलाई अधिकतम १ मिटरको गहिराईमा ३० मिनेटको लागि पानीमुनि डुबाउन सकिन्छ । यसमा कलहरु उठाउनको लागि बिल्ट इन माइव्रmोफोन छ र साथै भोइस एसिस्ट्यान्ट पनि छ ।
मी पोर्टेबल ब्लुटुथ स्पीकर(१६ वाट) कालो र नीलो रङ्गको भेरियन्टमा नेपाली रु ५,४९९ मा उपलब्ध हुनेछ । यो अथोराइज्ड एमाआई स्टोर, अनलायन र रिटेल पार्टनरहरु मार्फत ५ जेठ २०७८ बाट उपलब्ध छ।
मी स्मार्ट ब्यान्ड ६ कालो रंग नेपाली रु ५,९९९ मा उपलब्ध हुनेछ । यो अथोराइज्ड एमआई स्टोर, अनलाइन र रिटेल पार्टनरहरु मार्फत ५ जेठ २०७८ बाट उपलब्ध छ