
नेपाल धितोपत्र बोर्डले शेयर खरिद बिक्री गर्न उत्साहित गराउने उदेश्यले सूचना सम्प्रेषण नगर्न तथा नगराउन निर्देशन दिएको छ ।
कोभिड १९ को कहरको बीचमा पनि शेयर बजारले नयाँ रेकर्ड बनाई रहेको अवस्थामा बोर्डले यस्तो सूचना जारी गरेको हो ।
बोर्डले विभिन्न व्यक्ति र समुहले विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा नेप्से सूचक तथा सूचीकृत संस्थाको शेयरमूल्य बढ्ने वा घट्ने भन्दै निश्चित शेयरहरु खरिद गर्न वा बिक्री गर्न उत्साहित गराउने उदेश्यले अन्तरवार्ता र अभिव्यक्ति दिएको भन्दै त्यस्तो कार्य रोक्न निर्देशन दिएको हो ।
धितोपत्र सम्बन्धी ऐन २०६३ अनुसार शेयर खरिद बिक्री गर्न उत्साहित गराउने उदेश्यले सूचना सम्प्रेषण गर्न बर्जित गरेको छ । त्यस्ताे कार्य गरेमा धितोपत्र कारोबार सम्बन्धी कसुर मानिने र कारवाही हुने बोर्डले जनाएको छ ।
