२२ जेठ २०८३, शुक्रबार

पैसा बाँडेर एमालले सिट संख्या बढाएको बिजुक्छेंको आरोप

कात्तिक २०, २०७४
पैसा बाँडेर एमालले सिट संख्या बढाएको बिजुक्छेंको आरोप
भक्तपुर १८ जेठ– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा काँग्रेसको तुलनामा एमालेले पैसा बाँडेर आफ्नो सिट संख्या बढाएको आरोप लगाएका छन्उ ।

रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रमा बोल्दै बिजुक्छेंले १५ सालदेखि काँग्रेसले र अहिले आएर चुनावका समयमा मतदातालाई प्रलोभनमा पार्दै ठूलो धन राशी एमालेले खर्च गरेको आराप लगाउँदै त्यसको उदारहण भक्तपुरको सूर्यबिनायक र चाँगुनारायण नगरपालिकामा गरेको खर्चले प्रष्ट पारको उनले बताए ।

बिजुक्छेंलेएमालेले कम्युनिष्टको ‘क’ समेत उचारण गर्न मन नपराउने र ब्यवहारले पुँजीबादी चरित्र प्रष्ट पारेको बताउँदै बिगत देखिनै भन्दै आएको भनाई पहिलो चरणको स्थानीय तहको निर्वाचनमा एमालेले ब्यवहारमा देखाएको आरोप लगाए । 

चुनावको समयमा आचारसंहिता उल्लघन गर्दै संसारमा कहिं नभएको काम वर्तमान सरकारले गरेको भन्दै बिजुक्छेंले यो सरकारले मनपरी रुपमा नीति तथा कार्यक्रम ल्याएको र सरकार फेरबदल समेत गरेको बताए । 

वर्तमान सरकारले राजपालाई चुनावमा ल्याउन स्थानीय तहको २२ सिट संख्या थपेर गलत काम गरेको बताउँदै राजपालाई चुनाबमा आउन प्रधानमन्त्रीले गरेको आग्रह केटाकेटी खेल जस्तै भएको उनको भनाई छ ।

सञ्चारकर्मीको एक जिज्ञाशामा प्रति प्रश्न गर्दै उनले राजपाले गोप्य कोठामा बसेर पुरै भाग माग्यो भने के गर्ने ?
कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेंले नयाँ बन्ने बहुमतिय सरकारमा नेमकिपा नजाने तर पार्टीले केही सर्तहरु भने राख्ने बताए ।

यदि नयाँ बन्ने सरकारले नेमकिपाका केही सर्त मानेको अबस्थामा प्रतिपक्षमै बसेर भएपनि सरकारलाई सहयोग गर्न सकिनेतर्फ उनले संकेत गरे । 

salt training

कमेन्ट गर्नुहोस्