असार २३, २०७९
नेपाली कांग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काले नवनिर्वाचित जनप्रतिनिधिलाई जनताप्रति उत्तरदायी भएर काम गर्न सुझाव दिएका छन् । नेपाली कांग्रेस स्याङ्जाले आज स्याङ्जाको पुतलीबजारमा आयोजना गरेको नेपाली का...
काठमाडाैं | जेठ ७, २०७८
विवेकशील साझा पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउन तथा नयाँ सरकार बनाउन विपक्षी दलहरूलाई एकजुट हुन आह्वान गरेको छ ।
विवेकशील साझाका प्रवक्ता शरदराज पाठकले शुक्रवार बिहान प्रेस विज्ञप्ति जारी गर्दै पार्टीेले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानमाथि श्रृखलाबद्ध रूपमा भइरहेका प्रहारप्रति गम्भीर चिन्ता समेत व्यक्त गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ,'संविधानको रक्षा गर्ने दायित्व बोकेको राष्ट्रपति संस्थाको बारम्बार साख गिराउने, अपमान गर्ने र ‘देशको होइन केवल प्रधानमन्त्रीको राष्ट्रपतिका रूपमा काम गर्ने’ विद्यादेवी भण्डारीमाथि तत्काल महाभियोग लगाएर उनलाई पदमुक्त गर्दै संसद्मा प्रधानमन्त्री ओलीको विपक्षमा रहेका दल तथा सांसदहरू एक जुट भई नयाँ सरकार गठनका लागि पहल गर्न विवेकशील साझा पार्टी आह्वान गर्दछ।'
संविधानतः प्रधानमन्त्रीले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्नु पर्नेमा त्यस विपरीत बिहीबार साँझ नयाँ प्रधानमन्त्री नियुक्तिका लागि अघि बढाइएको प्रक्रियाबाट संविधानको ठाडो उल्लङ्घन भएको विवेकशीलले जनाएको छ।
विज्ञप्तिमा भनिएको छ,'प्रधानमन्त्री ओलीको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सदाझैँ रबर स्ट्याम्पसरह सदर गर्नु पुरापुर असंवैधानिक कदम हो।'
विवेकशील साझाले भनेको छ,'वैकल्पिक सरकार गठनका लागि लगभग २० घण्टाको मात्र समय दिइनु ओलीलाई नै फेरी प्रधानमन्त्री बनाएर संसद् विघटन गरी मध्यावधि चुनावको बहानामा मुलुकलाई अस्थिरतातर्फ होम्ने पुरानै षड्यन्त्रको निरन्तरता हो।'
उसले कोरोना महामारीको तेस्रो लहरले झनै भयावह स्थिति ल्याउने चेतावनी विज्ञहरूले दिइरहँदा मुलुकलाई चुनावतर्फ धकेल्न खोज्नु अक्षम्य अपराध भएको जनाएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काले नवनिर्वाचित जनप्रतिनिधिलाई जनताप्रति उत्तरदायी भएर काम गर्न सुझाव दिएका छन् । नेपाली कांग्रेस स्याङ्जाले आज स्याङ्जाको पुतलीबजारमा आयोजना गरेको नेपाली का...
नेकपा एमालेका सांसद डा. भीम रावलले सरकारले भित्रभित्रै अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) सम्झौता गर्ने काम अघि बढाइरहेको आरोप लगाएका छन् । बिहीवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीम...
माओवादी केन्द्रको केन्द्रीय कमिटीको तेस्रो बैठकले पदाधिकारी टुंगो लगाउन सकेन। बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारी चयन गर्नको लागि तयारी नपुगेकाले २–४ दिनको समय दिन केन्द्रीय सदस्यहरूसँग अनुरोध गरेका छन्।&nb...
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री शशि श्रेष्ठले सहकारी क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक रहेको बताएकी छन् । सहकारी विभागले तयार पारेकोे सहकारीको १० वर्षे सोचपत्र र सहकारी कर्जा सूचना के...
नेकपा एमालेका सांसद विशाल भट्टराईले सरकारले नागरिकता विधेयक फिर्ता लिएर नागरिकको सामान्य हक खोसेको आरोप लगाएका छन् । बिहीवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद भट्टराईले सरकारले छलफल...
प्रतिनिधि सभामा मुस्लिम आयोगको वार्षिक प्रतिवदेन (२०७७ साउन–२०७८ असार) पेश भएको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले प्रतिवेदन सदनमा प...
‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...