०४ असार २०८३, बिहीबार

कांग्रेसले बोलाएको सर्वदलीय बैठकमा पुगे माधव नेपाल

कांग्रेसले बोलाएको सर्वदलीय बैठकमा पुगे माधव नेपाल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपतिको कदम रोक्न भन्दै बोलाएको सर्वदलीय बैठकमा एमाले नेता माधवकुमार नेपाल सहभागि भएका छन् ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शुक्रवार कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ । 

राष्ट्रपतिको कदम रोक्नु पर्ने भएकोले दलहरुसंग छलफल गरेर कुन बाटोमा जाने भन्नका लागि सर्वदलीय बैठक बोलाइएको सहमहामन्त्री डा प्रकाशशरण महतले लोकान्तरलाई जानकारी दिए । 

सर्वदलीय बैठकमा सहभागि हुन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागि छन् । त्यसअघि शुक्रवार बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले राष्ट्रपतिको कदम रोक्न दलहरूसँग छलफल गर्ने निर्णय गरेको थियो । 

नेकपा एमाले भित्र सहमतिको प्रयास भइरहेको समयमा नेता नेपाल प्रतिपक्षी दलको सर्वदलीय बैठकमा सहभागि हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्