०४ असार २०८३, बिहीबार

युद्धविरामका लागि सहमति जनाएपछि इजरायलमा नेतान्याहुको आलोचना

जेठ ७, २०७८
युद्धविरामका लागि सहमति जनाएपछि इजरायलमा नेतान्याहुको आलोचना

शुक्रवार बिहानदेखि इजरायल र हमासबीचको संघर्ष अन्त्य गरिएपछि हमासले यसलाई आफ्नो विजय भनेको छ भने इजरायलका प्रधानमन्त्री बेनजामिन नेतान्याहुलाई दक्षिणपन्थी सांसदहरूले आलोचना गरेका छन् । 

टाइम्स अफ इजरायल पत्रिकाका अनुसार, नेतान्याहुका केही सहयोगी पनि युद्धविरामलाई स्वीकृति दिने कदमप्रति असन्तुष्ट छन् । 

उनीहरूले नेतान्याहुलाई चेतावनी समेत दिएका छन् । 

बिहीवार नेतान्याहुले युद्धविरामको घोषणालाई स्वीकृत गर्ने प्रस्ताव मन्त्रिपरिषदबाट पारित गराएका थिए । 
 

न्यु होपका नेता गिडिओन सआरले नेतान्याहु सरकारको आलोचना गर्दै युद्धविरामबाट इजरायली संकल्पमा नकारात्मक असर पर्ने बताए । 

युद्धविराम हुँदा हमास बलियो बन्ने र इजरायलको हितमा हानि पुग्ने उनको भनाइ छ । हमासमाथि कुनै किसिमको प्रतिबन्ध विना युद्धविराम गर्नु राजनीतिक समझदारीयुक्त निर्णय हैन र यसको मूल्य इजरायलले भविष्यमा चुकाउनुपर्ने उनले बताए । 
 

उग्रदक्षिणपन्थी धार्मिक यहुदी पार्टीका नेता बेजालेल स्मोर्टिचले ट्वीट गरेर नेतान्याहुलाई युद्धविराम पनि गर्ने अनि जेरुसेलमका विषयमा पनि छुट दिने हो भने सरकार बनाउने सपना नदेखे हुन्छ भनी चेतावनी दिएका छन् । 

उता गाजामा हमासका उपनेता खलील अल–हायाले युद्धविराम आफ्नो जीत भएको बताए । उनले भने, ‘आज हाम्रो प्रतिकारको जीत भएको छ । हामी एकैपटक दुईवटा खुशी मनाउँछौं : जीतको अनि ईदको ।’
 

salt training

कमेन्ट गर्नुहोस्