१९ असार २०८३, शुक्रबार

प्रवासी नेपाली मञ्च स्पेनको पहिलो बैठक कार्यविभाजनसहित सम्पन्न

कात्तिक २०, २०७४
प्रवासी नेपाली मञ्च स्पेनको पहिलो बैठक कार्यविभाजनसहित सम्पन्न

स्पेन,१८ जेठ– प्रवासी नेपाली मञ्च स्पेनले विभिन्न कार्यविभाजनसहित आफ्नो पहिलो पूर्ण बैठक सम्पन्न गरेको छ ।

मंगलबार मञ्चको आफ्नै कार्यालयमा हेम शेर्पाको अध्यक्षतामा बसेको नया कार्यसमिति बैठकले अधिबेशन सम्पन्न गर्न सहयोग गर्ने विभिन्न संस्था,प्रतिनिधि तथा एनआरएन स्पेनलाई धन्यबाद ब्यक्त गरेको छ ।

प्रवासी नेपाली मञ्च स्पेनको सचिवालय सदस्यसहित आठ वटा कार्यविभाजन समिति चयन गरेको छ । मञ्चको संगठन विभाग,आर्थिक विभाग,महिला तथा सास्कृति विभाग, युवा तथा खेलकुद विभाग, संघ संस्था विभाग,प्रचार प्रचार विभाग, स्कुल विभाग,प्रवासी नेपाली राहत कोष संयोजक गठन गरेको छ ।

मंञ्चले भावी रणनिति तथा स्पेनमा भएका नेपालीमा भैपरी आउने समस्या तथा निराकरणलाई मध्य नजर गदै अगाडि बढ्ने योजनाहरु पास गरेको छ । गैरआवाशिय नेपाली राष्ट्रिय समन्वयन परिषद स्पेनको आगामी अधिबेशन तथा संघमा प्रस्तुत हुने योजना र कार्यविधि सहित भावि रणनितिबारे ब्यापक छलफल भएको थियो ।

प्रवासी नेपाली मञ्चबाट एनआरएनमा प्रतिनिधि प्रवेश देखि नेतृत्व चयनमा सकारात्मक भुमिका सहित नेतृत्वमा उमेदवारी दर्ता सम्मको कार्य समिति चयन गरेको मञ्चका अध्यक्ष हेम शेर्पाले लोकान्तर संग कुरा गदै भावी रणनिति सहित संगठनले रणनिति बनाएको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्