२१ जेठ २०८३, बिहीबार

भरतपुरमा मतपत्र च्यातिएको घटनाबारे मानव अधिकार अायाेगको ध्यानाकर्षण

कात्तिक २०, २०७४
भरतपुरमा मतपत्र च्यातिएको घटनाबारे मानव अधिकार अायाेगको ध्यानाकर्षण

काठमाडौं, १८ जेठ– चितवनको भरतपुर महानगरपालिकाको मतगणनाको क्रममा जेठ १४ गते राती मतपत्र च्यातिएको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले यस सम्बन्धमा तत्कालै अनुगमन टोली खटाई प्रतिवेदन प्राप्त गरेको पनि जनाएको छ ।

आयोगले नियमसंगत निर्वाचन प्रक्रिया अगाडि बढाउन पनि आग्रह गरेको छ । आयोगले ‘मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८’, ‘नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध, १९६६’, ‘निर्वाचन आचारसंहिता’ २०७३ तथा नेपालको प्रचलित संविधानको मर्म र भावना अनुकूल स्वच्छ र निष्पक्षताका साथ निर्वाचन प्रक्रिया सम्पन्न हुन दिनु सबै राजनीतिक दल, उम्मेदवार, निजका प्रतिनिधिहरू समेतको कर्तव्य हुने आयोगको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्