०३ साउन २०८३, आइतबार

BREAKING : नेपाल पक्षका ५ सांसदले लगाए हस्ताक्षर दुरूपयोगको आरोप, १२१ नै आफूसँगै रहेको राष्ट्रपतिसमक्ष ओलीको दाबी

ओली पक्ष भन्छ– सबै नाटक राष्ट्रपतिलाई विवादमा तान्न गरियो
BREAKING : नेपाल पक्षका ५ सांसदले लगाए हस्ताक्षर दुरूपयोगको आरोप, १२१ नै आफूसँगै रहेको राष्ट्रपतिसमक्ष ओलीको दाबी

नेकपा एमालेका १ सय २१ जना सांसद नै आफूसँग रहेको दाबीसहित प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भवन शीतल निवास पुगेका छन् ।

आफू अध्यक्ष र संसदीय दलको नेता समेत रहेका माधव नेपालले दिएको हस्ताक्षर वैध नहुने जिकिर उनले राष्ट्रपतिसमक्ष गरेका छन् ।

यता कांग्रेस सभापति शेरबहादुर देउवा माधव नेपाल पक्षका २७ सहित १ सय ४९ सांसदको हस्ताक्षर बोकेर शीतलनिवास पुगेका छन् ।

यो सबै नाटक राष्ट्रपतिलाई विवादमा तान्न गरिएको भन्ने आफूहरूको बुझाइ रहेको नेकपा एमालेका एक नेताले बताए ।

उनले प्रधानमन्त्री ओलीले यसअघि नै संविधानको धारा ७६ (५) को सरकारमा दाबी पेश गरिसकेको जिकिर पनि गरे ।

राष्ट्रपतिसँगको भेटमा ओलीले माधव नेपाल पक्षीय ५ सांसदको हस्ताक्षर दुरुपयोग भएको जानकारी पनि राष्ट्रपतिलाई गराएको स्रोतले जानकारी दियो ।

सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल, नारायण खतिवडा र गणेश पहाडीले आफूहरूको हस्ताक्षर दुरूपयोग भएको भन्दै ओलीलाई जानकारी गराएको र सोही सन्देश ओलीले राष्ट्रपतिलाई दिएको स्रोतको दाबी छ ।

salt training

कमेन्ट गर्नुहोस्