०१ असार २०८३, सोमबार
एकातिर मिलाउँदा अर्काेतिर झमेला

एमाले विवाद मिलाउने कार्यदलभित्रै विवाद ! बैठक आरोप–प्रत्यारोपमै सीमित

एमाले विवाद मिलाउने कार्यदलभित्रै विवाद ! बैठक आरोप–प्रत्यारोपमै सीमित

नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको शुक्रवारको बैठकमा २ पक्षबीच आरोप–प्रत्यारोप चलेको छ ।

बैठकमा पार्टीभित्र घात–प्रतिघात भएको र पार्टीलाई धक्का पुगेको भन्दै कार्यदलका सदस्यले एकअर्कालाई आरोप लगाए । 

बिहीवार भएको बागमती प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका उम्मेदवार रामबहादुर थापा ‘बादल’ माधव नेपाल पक्षले नसघाएकै कारण पराजित भएका थिए भने शुक्रवार राष्ट्रपति कार्यालयमा एमालेका २७ सांसदको हस्ताक्षर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा बुझाइएको छ । 

पार्टी मिलनको दिशातिर जाँदै गर्दा माधव नेपाल पक्षको हर्कतबाट पार्टी गम्भीर संकटमा पुगेको ओली पक्षका कार्यदलका नेताहरूले आरोप लगाएका छन् ।

केही सदस्यले हस्ताक्षर दुरुपयोग भएकोबारे समेत कार्यदलमा जानकारी गराए ।

बैठकमा एकअर्कालाई आरोप लगाउनुबाहेक केही प्रगति हुन नसकेको एक नेताले बताए । शुक्रवारको बैठक एजेण्डामा प्रवेश नभएको र फेरि अर्को मिति तय गरेर बैठक बसालिने नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्