
मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटन र चुनावको नयाँ मिति राष्ट्रपतिसामू सिफारिसको तयारी गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा राखिएको बैठकबाट प्रतिनिधिसभा विघटन गर्दै नयाँ चुनावको मिति सिफारिसको तयारी भइरहेको बालुवाटार उच्च स्रोतले जनाएको छ ।
राष्ट्रपतिले प्रधानमन्त्रीका लागि पेश भएको केपी ओली र शेरबहादुर देउवा दुबैको दावी अस्वीकृत गरेलगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक राखिएको हो ।
संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री नियुक्तिका लागि पेश भएका दुवै प्रस्ताव राष्ट्रपति विद्या भण्डारीले अस्वीकार प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभा विघटनको बाटो खुला भएको छ । शुक्रवार राति १२ बजेपछि बालुवाटारमा शुरु भएको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा विघटन गर्दै निर्वाचनको मिति राष्ट्रपतिसामू सिफारिस गर्ने तयारी गरेको एक मन्त्रीले जानकारी दिए ।